-->
नेहाको हत्यापछि केकीले लेखिन्:- एक्लै हिँड्न डर लाग्न थाल्यो
Advertisement


काठमाडौं । पोखरेली नायिका योरुना मगर (नेहा) को अर्धनग्न अवस्थामा शब फेला परेपछि फेरि एक पटक महिला
हिंसाको बहस सतहमा आएको छ । यो बहसमा मिसिएकी छिन् नायिका केकी अधिकारी ।
गाउला, युँपा लगायतका जनजाति फिल्ममा अभिनय गरेकी नेहाको बलत्कारपछि हत्या गरिएको आशंका छ । आफ्नै
घरदेखि चारसय मिटर पर उनको शब भेटिएको थियो ।
कलिउडका कलाकर्मीहरुले घटनाको अनुसन्धान गर्दै दोषीलाई कार्वाही गर्नुपर्ने माग राखेका छन् । यसै सन्दर्भमा
अभिनेत्री केकीले भावुक अभिब्यक्ति फेसबुकमा पोस्ट गर्दै भनेकी छिन्, ‘बहिनी नेहा, मलाई माफ गर ।’
नेपाली समाजमा महिलाले पुरुषबाट मान्नुपर्ने डर र आमाले छोरीका वारेमा लिने चिन्ता कस्तो हुन्छ भनेर केकीले शब्द
मार्फत ब्यक्त गरेकी छिन् । उनको स्ट्याटस यस्तो छः
‘यो पोस्ट लेखिरहदा म आफुलाई एकदम लाचार अनि बिवश महुशुस गरिरहेकी छु । हरेक दिनजसो हामीले भोग्नुपरेका यस्ता
घटनाले मलाई बिचलित बनाउँछ । एक्लै कतै हिँड्न डर लाग्छ मलाई । पुरुषका हुल कतै देख्दा अर्कै बाटो खोज्न थाल्छु म । साँझ
पर्ने बित्तिकै घर पुगिनँ भने आमा आत्तिन थाल्नुहुन्छ । बेलुका हिँड्न ठिक हुन्न भन्नुहुन्छ ।
बिचरा आमा न हो, छोरीको माया भैहाल्छ । कसैकी छोरीको बलात्कार अझ सामुहिक अनि अझ त्यसमाथी हिस्रक
हत्याको समाचार छापिन्छ । कुन आमाको मन बिछिप्त नहोला र ।
तर, म प्रश्न गर्न हिच्किचाउँदिन आमासँग । आमा ! मैले किन डराउनुपर्ने ? मैले कसैको केही बिगारेको छैन । आमा भन्नुहुन्छ,
तिमी छोरी मान्छे हौं तिमीले सधैं डराउनु पर्छ । यहाँ समाज परिवर्तन होला, सोच परिवर्तन होला भनेर म मेरो
छोरीको रिस्क उठाउन सक्दिनँ, भन्नुहुन्छ ।
हुन पनि जति कराए पनि, जति रोए पनि, जति नै बिन्ती गरे पनि त्यो राक्षसीपन अनि त्यो बर्बरता आखिर
देखाइहाल्दा रैछन् । म थाकेर चुपचाप आमाको कुरा मानेर घर आउन बाहेक केही गर्न सक्दिनँ । मलाई माफ गरिदेउ बहिनी
नेहा पुन । तिमीमाथी भएको घटना यहाँ जति नै कराए पनि फेरि भइ नै रहनेछन् । जति चिच्याए पनि आवाज दबिनै रहनेछन् ।
मलाई माफ गर ।


Advertisement

2 comments

कुरा यकदम सही हो। तस्ता पुरुषलाई दीयीने खै नेपालको कानुन ?? खै नयाँ सबिधान ?

कुरा यकदम सही हो। तस्ता पुरुषलाई दीयीने खै नेपालको कानुन ?? खै नयाँ सबिधान ?

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.