प्रधानमन्त्री केपी ओलीले नयाँ प्रोजेक्ट
ल्याएका छन् । जसअनुसार अब जनताका
चुलाचुलामा ग्यासको पाइप जोडिनेछ
। शुक्रबार एमाले उपत्यकास्तरीय
कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले
सरकारले गर्न लागेका काममा पनि
अवरोध गर्ने अनौठो संस्कृति
राजनीतिमा रहेकाले विशेष कामबारे
अहिले प्रचारबाजी नगर्ने बताए । तर,
ग्यासको पाइप घरघरमा पुर्याउने
योजनाबारे भने विस्तृतमा सुनाए, ‘अब
सिलिन्डरको फेज समाप्त भयो । कहिले
ग्यासको बुलेट आउला भनेर हेर्ने दिन गए ।
अलिकति समय दिनुहोस्, फोहोरबाट
ग्यास निकालेर घरका चुलाचुलामा
ग्यासको पाइप फिट गरिदिन्छु ।
चुलाचुलामा ग्यासको पाइप हुन्छ,
भित्तामा मिटर टाँसिन्छ, जति
बाल्नुहुन्छ, त्यसको पैसा तिर्नुहोस् ।’
यसअघिको प्रोजेक्ट
हावाको बिजुलीले देश आत्मनिर्भर
एक साताअघि मात्रै प्रधानमन्त्रीले
हावाबाट बिजुली निकाल्ने योजना
यसरी नै सुनाएका थिए, तर
तयारीविना हावा गफ गरेको भनेर
सामाजिक सञ्जालमा आलोचना
भएपछि शुक्रबारको कार्यक्रममा उनले
आफ्नो योजनाको प्रतिरक्षा गरे । उनले
भने, ‘हावाबाट बिजुली निकाल्ने र एक
वर्षभित्र लोडसेडिङ अन्त्य गरेरै छाड्ने
योजनाअनुसार सरकारले काम गरिरहेको
छ । हावाबाट बिजुली निकाल्ने कुरा
कठिन छैन । फर्पिङमा हावाबाटै
बिजुली निकालेर गाउँ नै झलमल भएको छ
। तर, यस्ता काम गर्न खोज्दा विपक्षी
आत्तिएका छन् । यस्ता कुरा सुनेपछि
केही–केहीलाई तिरिमिरी–झ्याइँ
भएको छ ।’नयाँ पत्रिका दैनिकमा खबर
छ ।ratopati बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...