काठमाडौँ- लोक दोहोरीको क्षेत्रमा छोटो समयमा नै आफुलाई स्थापित गराउन सफल गायक रमेश विक्रम रत्नले हालै मात्र आफ्नो नया“ गितको भिडियो सार्वजनिक गरेका छन् ।
‘जम्काभेट’ नामक सांगितिक एल्बममा समावेश ‘जम्काभेट..’ बोलको उक्त गितको शब्द तथा संगित गायक स्वयम् रमेश विक्रमको रहेको छ भने प्रेम लामाको निर्देशन रहेको छ ।
भिडियोमा आप“mुलाई वास्ता नगर्ने केटीलाई केटाले फकाएर आप्mनो बनाएको प्रशंग प्रस्तुत गरिएको छ । गितमा केटीको सुन्दरताको वर्णन गरिएको छ । भिडियोमा नवकलाकार सुन्दर भुजेल र अनिता गर्तौलाको उत्कृष्ट अभिनय रहेको छ । काठमाण्डौं आसपासका ठाउ“मा सुटि¨ गरिएको उक्त गितमा हरि न्यौपानेको छायङकन, प्रदिप ज्ञवालीको नृत्य निर्देशन रहेको छ भने गितको एरेन्जर भुवन विरही हुन् ।
सानै उमेरदेखी गित संगितमा रुचि राख्ने रमेशले तीन दर्जनभन्दा बढी लोक दोहोरी गित सार्वजनिक गरिसकेका छन् । उनी भन्छन् “म नेपाली गित संगितबाट टाढा हुन सक्दिन बाचुञ्जेल नेपाली गित संगितमै सक्रिय रहनेछु । नेपाली मौलिक लोक भाकालाई संरक्षण गर्ने दायीत्व मेरो पनि हो ।” आपु“mलाई गायन यात्रामा अघि बढ्न घर परिवार तथा आफन्तमा राजेश परियार, सन्तोष परियार सहित मामा हिमाल परियार र नारायण परियारको विशेष सहयोग गरेको बताउ‘दै सहकर्मी साथीभाईहरुले समेत निकै अभिप्रेरित र सहयोग गरेको उनी बताउ“छन् ।ratopati बाट
हाउफन्नी फिल्मको टीजर पनि गरीएको छ ।हाउफन्नीको कार्यकारी निर्माता मालभिका सुब्बा हुन भने निलो डोल्पा शेर्पाले फिल्मलाइ निर्देशन गरेकी छिन ।पत्रकार सामु बिशेश कार्यव्मक्रको आयोजना संगै फिल्मको ट्रेलर सार्बजनिक गरीएको हो ।फिल्ममा प्रियंका कार्की,दयाहाङ राइ,केकी अधिकारी,अनुप बिक्रम शाही लगायत कलाकार मुख्य भुमीकामा रहेका छन ।
कार्यक्रममा उपस्थीत भएका फिल्म संग सम्बन्धीत ब्यक्तीहरुले फिल्मकोबारेमा कार्यक्रममा प्रस्टाएका थिए ।
नायिका प्रियंका कार्कीको जन्मदिन पनि केक काटेर सोही कार्यक्रम स्थलमा मनाइएको थियो ।२८ बर्ष पार गरेर उनन्तीस बर्ष लागेकी उनले अन्य कलाकार र सहकर्मी संग जन्म दिनको खुसि साटेकी थिइन ।
हाम्रो तर्फ बाट पनि नायिक प्रियंका लाइ जन्म दिनको धेरै धेरै शुभकामना । News24Nepal.com बाट
काठमाडौं । लफडाको एउटा नाम हो नायक भुवन केसी । सधैं केही न केही विवादित काम गरी चर्चा र विवादमा छाइरहने उनै केसीमाथि अहिले लाखौं रकम हिनामिनाको आरोप लागेको छ ।
यही फागुन २१ गते रिलिज हुन लागेको चलचित्र ड्रिम्सको प्रर्दशनी रोक्न र भुवन केसीले आफूमाथि अन्याय गरेका कारण न्याय दिलाइदिन माग गर्दै निर्माता रवि बस्नेतले न्यायका लागि अपराध अनुसन्धान महाशाखा, सूचना तथा संचार मन्त्रालय र चलचित्र विकास बोर्ड गुर्हान पुगेका छन् ।
चलचित्र ड्रिम्सको ३३ प्रतिशत हिस्सेदार बताउने नाफा वरावरी वाड्ने सहमति भएपनि त्यसको उल्लंघन भुवनले गरेको र बैंकमा रहेको रकम अफचलन गरेको आरोप बस्नेतको छ ।
सहकर्मीहरुसँग एकाथरी सम्झौता गरी अर्काेथरी प्रोजेक्टमा खर्चे गरेको र संयुक्त खातामा रहेको रकम अन्य सहकर्मीहरुको विना जानकारी अपचलन गरेको आरोप लगाउँदै उनका सहकर्मीहरु नै केसीविरुद्ध प्रहरी कहाँ पुगेसँगै चलचित्र ‘ड्रिम्स’को मुद्दा पेचिलो बन्न पुगेको छ ।
लफडाको खास कारण
चलचित्र ‘ड्रिम गर्ल’ निर्माण गर्ने विषयमा रवि बस्नेत, सत्य नारायण बस्नेत र काजोल फिल्मस् (प्रा)लिको एउटा सम्झौता भएको थियो । काजोल फिल्म (प्रा)लिका संचालक नायक भुवन केसी हुन ।
२०७१ वैशाख १८ गतेका दिन नेपाली कथानक चलचित्र ड्रिम गर्ल निर्माण गर्ने र मुनाफा पनि ३३ प्रतिशतका दरले वितरण गर्ने सम्झौता भएको थियो ।
चलचित्र छायांकनका क्रममा निर्माताहरु रवि, सत्य नारायण बस्नेत र केसी ३ जनाको नाममा विभोर विकास बैँकमा संयुक्त रुपमा खाता खोलिएको थियो । तर अचानक भुवन केसीले सुपर काजोलको व्यानरमा ड्रिम गर्ललाई परिवर्तन गरी ड्रिम्स नामाकरण गरेसँगै रवि चिडिएका हुन् ।
निर्माता रवि बस्नेतले चलचित्र ड्रिम्सका नाममा १९ लाख ६० हजार रुपैयाँ खर्च गरेको बताएका छन । उनले भुवन केसीका नाममा बीरगञ्जबाट ४ लाख नगद आइएमई मार्फत, पोखराबाट आइएमई मार्फत नै ५० हजार तथा सुटिङ अवधिभरको ४० दिनमा भएको खर्च गरी कुल १९ लाख ६० हजार खर्च भएको दाबी गरेका छन् ।
चलचित्र ड्रिम्सको रिलिज पूर्व नै भुवन केसी पक्राउ परे भने आश्चर्य नमाने हुन्छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख सर्वेन्द्र खनालको प्रतिष्ठाको विषय समेत जोडिने हुँदा ड्रिम्सको रिलिज पूर्व नै केसीलाई प्रहरीले समाउन सक्ने बताइन्छ । दैनिक नेपाल डट कमबाट
काठमाडौं । पूर्व मिस नेपाल जेनिशा मोक्तान दुलही बनेकी छिन् ।
बुधबार पारिवारिक जमघटकामाझ उनले काठमाडौंको होटल सांग्रिलामा ब्यवसायी डिकेश मल्होत्रासँग लगनगाँठो कसेकी छिन् । डिकेश चर्चित ब्यवसायी दिपक मल्होत्राका छोरा हुन् ।
जेनिशा लामो समयदेखिको डिकेशको प्रेममा थिइन् । विवाह समारोहका आफन्तका साथै नजिकका फिल्मकर्मीहरुको उपस्थिती थियो ।
मोडलिङबाट उदाएकी सन् २०१० कि मिस नेपाल जेनिशा डिकेशसँग प्रेममा परेपछि ग्ल्यामर फिल्ड छाडेकी थिइन । उनले मेरो ‘एउटा साथी छ’ फिल्मका साथै केही म्युजिक भिडियोहरुमा समेत अभिनय गरेकी छिन् । दैनिक नेपाल डट कमबाट
बलिउड अभिनेता संजय दत्त बिहारबार विहान जेलबाट रिहा भए। पुणेको यरवडा जेलमा ४२ महिना लामो जेलजीवन संजयले बिचबीचमा बिदा लिदैं बिताएका थिए। जेलभित्र उनले अन्य कैदीबन्दी सरह नै समय काटेका थिए। उनले श्रम पनि सोहि अनुसार गरे।
आज जेलबाट निस्कदा संजयले आफ्ना व्यक्तिगत सामानसँगै जेलमा रहँदा बनाएको कागजका झोला पनि लिएर निस्केका छन्। संजयले तीनलाई आफ्नो अमूल्य सम्पतिका रुपमा लिएकाले जेलमा रहँदा आफूले बनाएका केहि झोलाहरु आफ्ना परिवारलाई देखाउनका लागि ल्याएका हुन्।
त्यस्तै पाँच वर्षे जेल सजाय सुनाइएका संजयले ४२ महिना जेल बस्दा ५० भारूका दरले कागजका झोला बनाएर करिब ३८,००० भारू कमाएका थिए। सो कमाइको अधिकाशं हिस्सा उनले जेल भित्र रहँदा आफ्ना दैनिक जीवनका लागि चाहिने सामान किन्नमा खर्च गरेका थिए। जेलबाट निस्कदा उनीसँग कमाइको बाँकी रकम ४५० भारू अर्थात ७२० नेपाली रूपयाँ पनि हुनेछ।
सन् १९९३ को बम धमाकामा अवैधरुपमा हतियार राखेको अभियोगमा दोषी ठहर भएपछि जेल परेका थिए। दोषी ठहर भएपछि उनलाई पाँच वर्ष लामो कैद सजाय सुनाइएको थियो। उनी पुणेस्थित यारवडा जेलमा कैद थिए।
Setopati बाट
पुणे, १३ फागुन । बलिउड अभिनेता सञ्जय दत्त आज (बिहीबार) महाराष्ट्रको यरवदा जेलबाट रिहा हुँदैछन् । भारतीय समयअनुसार सञ्जय दत्त बिहान साढे दस बजे रिहा हुने तयारी गरिएको छ ।
संजय दत्त १२ मार्च, १९९३ को श्रृंखलाबद्ध मुम्बई विस्फोटको विषयमा अवैध हतियार राखेको अपराधमा पाँच वर्षको बचेको कैद सजाय भोग्न जेल गएका थिए । जेलमा राम्रो व्यवहार गरेवफत सञ्जयलाई रिहा हुने समय अगाडि नै छाडिएको हो ।
संजय दत्तलाई मे, २०१३ मा ३ सालका लागि जेल पठाइएको थियो । किन कि उनले ढेड साल हिरासतमा बिताइ सकेका थिए ।
संजय दत्तले राम्रो व्यवहार गरेका कारण ८ महिनाको सजाय कम गरिएको समाचारमा उल्लेख छ । सञ्जय दत्तले जेलमा छ वर्षमा ४ वर्ष ३ महिना १४ दिन मात्रै जेलमा सजाय काटेका छन् ।
संजय दत्त जेलमा सबै औपचारिकता पूरा गरेपछि बिहान १०ः३० बजे रिहा हुने जनाइएको छ । जेलबाट निस्किएपछि सञ्जय दत्त चार्टर्ड फ्लाइटबाट मुम्बई जाने छन् ।
सञ्जय दत्तको स्वागतका लागि उनी पत्नी मान्यता, छोराछोरी र परिवारका अन्य सदस्यहरूले जेलको बाहिर स्वागत गर्ने जनाइएको छ । दैनिक नेपाल डट कमबाट
फागुन १२
काठमाडौं–सिन्धुपाल्चोकका विद्यालयहरुमा धुर्मुस सुन्तली क्लब गठन हुन थालेका छन् । धुर्मुस सुन्तली सरसफाई अभियानलाई सहयोग गर्न भन्दै सिन्धुपाल्चोकका दुई वटा विद्यालयका विद्यार्थीहरुले क्लब गठन गरेका हुन् । मेलम्ची नगरपालीका ६ मा रहेको प्रगति अंग्रेजी माध्यमीक विद्यालय र मेलम्ची सामूदायिक विद्यालयमा क्लब गठन गरिएको हो ।
उक्त क्लबले आफ्नो कक्षा कोठाको सरसफाई आफैँले गर्ने निर्णय गरेका छन् । आफ्नो टोल समाज सफा गर्न पनि उनीहरु सक्रिय हुने अपेक्षा गरीएको छ । अभियानमा सहयोग गर्न भन्दै हेटौँडामा नवोदय बाल क्लब गठन भएको थियो । त्यसलगत्तै महोत्तरीमा पनि क्लब गठन भएको छ ।
अन्य ठाउँमा क्लब गठन भएपछि सिन्धुपाल्चोकमा पनि धुर्मुस सुन्तली सरसफाई सहयोगी क्लब गठन गरिएको कृष्णप्रसाद घिताल (धताल चिरिच्याट्टले जानकारी दिएका छन् । धुर्मुस सुन्तली सरसफाई अभियानलाई सफल बनाउनका लागि अन्य थुप्रै जिल्लाहरुमा पनि यस्ता क्लब गठन हुने तयारी र घोषणा हुने क्रम जारी छ । अहिले सक्रिय रहेका क्लबहरुलाई पनि अभियानमा सहयोग गर्नका लागि सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले आग्रह गरेका छन् ।ratopati बाट
काठमाडौं । अभिनेत्री तथा मोडल सोनिका बास्तोलाले आफ्नै ब्वायफ्रेण्डलाई पक्राउ गराएकी छिन् । प्रेम सम्बन्धमा दरार भएपछि अभिनेत्री बास्तोलाले ब्वायफ्रेण्डलाई हिरासतमा पुराएकी हुन् ।
अभिनेत्री बास्तोला र शंकर गिरीबीच लामो समयदेखि प्रेम सम्बन्ध चल्दै आएको थियो । तर प्रेम सम्बन्धमा दरार पैदा भएपछि सोनिकाले शंकरलाई छाडेकी थिइन । आफुलाई ‘तँ खाते’ भन्दै सोनिकाले छोडेपछि शंकर आक्रोसित भएको जनआस्थामा उल्लेख गरिएको छ ।
प्रेम सम्बन्ध टुटेपछि शंकरले बारम्बार सोनिकालाई फोन र म्यासेज गर्ने गर्दथे । त्यही बेला एक दिन सोनिकाले ‘तँ खातेसँग कुरा गर्दिन’ भन्ने म्यासेज पठाएपछि शंकर आक्रोसित भएका थिए । आक्रोसित शंकरले उनलाई अश्लिल गाली सहितको म्यासेज र बसेको कोठामै गएर धम्कि दिन थालेका थिए । ‘तेरो रेट कति हो ? एक एक चुक्ता गरिदिन्छु’ भन्दै शंकरले धम्क्याउने गरेको उजुरी सोनिकाले प्रहरीमा दिएकी थिइन ।
प्रहरीमा उजुरी परेदेखि फरार रहेका शंकरलाई भ्यालेन्टाइन डे कै दिन प्रहरी पक्राउ गरी हिरासतमा राखेको छ । दैनिक नेपाल डट कमबाट
दाङ । गोल्डेन आइडल मल्टी मिडिया प्रा.(लि.) सिजन थ्री २०७२ मा दाङकी मिलन थापा टप टेनमा छनौट हुन सफल भएकी छिन् ।
४८ जिल्लाका झन्डै पाँच हजार सहभागीमध्ये मिलन टप टेनमा छनोट भएपछि दोश्रो अन्तिम राउन्डका लागि उनले शुभ चिन्तकहरूबाट भोटको अपेक्षा गरेकी हुन् ।
खुल्ला तथा एकल नृत्य प्रतियोगितामा यही फागुन २२ गते हुने टप फाइभका लागि मोबाइल एस.एम.एस.बाट भोट गर्न उनले सबैमा अनुरोध गरेकी छन् ।२२ गते दिउँसो १२ बजेसम्मका लागि भोटिङ खुल्ला गरिएको छ ।
भोटिङका लागि मिलनलाई मोबाइलको म्यासेज बक्समा गई ‘जीआई’ स्पेस ३६ टाइप गरी ५००५ मा सेन्ड गर्नुपर्छ । दैनिक नेपाल डट कमबाट
काठमाडौं । चिनियाँहरुले भन्छन्- एउटा चराले गीत गाउन सक्तैन यसको एउटा उत्तर छ की यसले गाइरहेको हुन्छ किनभने उसँग सँधै गीत हुन्छ । गायन सृजनात्मक अभ्यास मात्रै होइन, भगवानले दिएको वरदान मानिन्छ । जव वरदानमा अभ्यासको जादुमयी आवाजहरुको प्रवेश हुन्छ अनि जन्मिन्छन्, स्मीता दाहालहरु । ‘कतिपय अवसरको कुरा हुन्छ, कतिपय अभ्यासको कुरा हुन्छ तर दुवैको तारतम्य मिल्यो भने स्वरको स्पष्ट नतिजा बजारले पाउँछ’, संगीतकार चेतन सापकोटाले भने,‘गायीका स्मिता दाहालको स्वरको प्रशंसा शव्दमा गर्न सकिँदैन, उनका आवाजले नै उनको क्षमतालाई प्रदर्शन गरिरहेको छ ।’
११ वर्षको उमेरमा नै गीती एल्बम निकालेकी स्मीता दाहालको परिचय एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीमा मात्रै सीमित रहेन, अब । उनको उदयमा जोडिएको प्रचण्डको नामभन्दा पनि स्वरकोे परिचय बलियो बनेको छ । सानै उमेरदेखि गायनमा प्रखर स्मीता बजारमा त्यतिबेला चर्चामा आइन जब उनी ११ वर्षकी थिइन् र उनको एल्बम नै बजारमा आयो । त्यसपछि उनको व्यावसायीक गायन यात्राले गति लियो । उनी नयाँ एल्बमको तयारीमा रहँदै गर्दा, पहिलोपटक फिल्मको गीतमा छाडेको स्वरले विश्वबजारमा रहेका नेपालीको मन हल्लाएको छ । सापकोटाको निर्माण र संगित पनि रहेको ‘भाग सानी भाग’ फिल्मको टाइटल गीतमै स्मीताको स्वर छ । ‘अति राम्रो गीत बनेको छ, स्रोता र दर्शकले स्मीताको स्वरलाई धेरै मन पराएका छन् ।’, संगीतकार सापकोटाले भने ।
भनिन्छ, जो गाउनका लागि इच्छाइरहेका हुन्छन्, उनीहरुले गीतलाई सहजै भेट्छन् । स्मीताको जीवनपनि यसरी नै अघि बढेको छ । १७ वर्षको उमेरमा दौडँदैगरेकी स्मीताका अगाडी अहिले गीतहरु सामुन्नेमा छन्, उनी गाइरहेकी छन् । गायन उनको ‘प्यासन’ हुनु यसका स्वभाविक प्रभाव हुन् ।
महान् लेखक रविन्द्रनाथ टैगोरले भनेका छन्- एउटा गायकभित्र सवैकुरा हुन्छ, नोटहरु उसको जीवनमा आइरहन्छन्, त्यसका लागि बाहिरबाट बाध्यबाधनहरु भेला पार्न आवश्यक छैन । त्यस्तै स्मीताको गायनयात्रमा पनि बाध्यबाधनहरु सामान्य विषय भए । उनी २ वर्षको उमेरदेखि नै गायनमा पोख्त भएको उनका परिवारहरुले सम्झाउने गर्छन्, स्मीतालाई । यहि उदाहरण उनले पेस गर्दैगर्दा गायनमा रुची भएको नीजि सम्झना भने आफ्नो उमेर ५/६ वर्षको हुँदा मात्रै थाहा पाएको बताउँछिन्, उनी । उनले भनिन्,‘त्यहिबेला देखि नै ठूलो भएपछि गायीका हुने रहर ममा जागेर आएको थियो, अहिले त्यहि रहरको संघर्षको यात्रामा छु ।’
संगीतका लागि कुनै ठाउँ र सीमाहरु हुँदैनन् । गाउनका लागि कुनै परिधिहरु तोकिएका हुँदैनन् । त्यसैले दार्जिलिंगमा जन्मिएकी स्मीताले प्राथमिक शिक्षा लिँदा लिँदै पनि घरमा, बाटोमा, बेडरुममा, स्कुल आउँदा जाँदा गुनगुनाइरहने गर्थिन् ।
स्मीताका हजुरबुवा प्रचण्डको इच्छा पनि उनी राम्रो र सफल गायीका बनुन् भन्ने छ । उनको गीतमा कहिलेकाँही प्रचण्ड लीन भएर सुन्छन् । ‘हजुरबुवासँग समय मिलाएर कुरा हुन्छ । उहाँ मेरो गाउने कलाको तारिफ गर्नुहुन्छ । नातिनी भविष्यमा राम्रो गायिका बनोस् भन्ने इच्छा उहाँको छ । त्यस्तै हजुरआमा, ममी, ठूलोममी, मामा सबै खुसी हुनुहुन्छ । सबैले शुभकामना दिनुहुन्छ ।’
प्रचण्डकी नातिनी भएका कारणले नै उनले सानो उमेरमा मिडियामा स्थान जमाउन सफल भइन् । तर, आफुमा भएको गायन क्षमतालाई ओझेलमा राखेर परिचय बटुल्ने पक्षमा छैनन्, स्मीता । ‘सधैं परिवारको ठूलो मान्छेको नामबाट मात्र चिनिएर काम हुँदैन । म आफूलाई भविष्यमा ‘गायिका स्मिता’ भनेर चिनाउन चाहन्छु । स्मिताकै नामबाट अलग परिचय बनाउन चाहन्छु ।’ उनको चाहनाअनुसारै अहिले उनको क्षमता पनि देखिन थालेको छ । गायनलाई निरन्तरता दिएकी उनले फिल्ममा पनि गीत गाएर चर्चा पाउन थालेकी छन् । दैनिक नेपाल डट कमबाट
पप सिङगर लेडि गागाले भनेका छन्की उनको पुरै करीयर दिवंगत संगितज्ञ बोबीकोमा समर्पित छ । २९ वर्षिय हिटमेकरका अनुसार गागालाई संगितज्ञ बोबीको संगीतले गहिरो प्रभाव पारेको छ ।
गागाले संगीतज्ञ बाबीको संगीतलाई गागाले निरन्तरता दिन चाहन्छिन् । गागाले पनि भनेकी छिन्“मैले मान्छुकी मेरो पुरै करीयरलाई डेविड बोवीलाई समर्पित छ ” पछिल्लो समयमा बोवीको ६९ वर्षको उमेरमा निधन भएको थियो । उनि क्यान्सरबाट ग्रस्त थिए । लेडि गागाले हिटमेकर बोवीको ट्याट्टु पनि खोपेकी छिन् । सम्पन्न भउको ग्रामि अवार्ड समारोहमा बोवीको हिट नौ गीतहरु पनि प्रस्तुत गरेकी थिईन् । News24Nepal.com बाट
फाल्गुन ११, २०७२- बलिउड सुपरस्टार सलमान खानको हत्या गर्ने धम्की सहितको टेलिफोन आए पछि मुम्बई प्रहरी अहिले यसको अनुसन्धानमा जुटेको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार फेबु्रअरी १६ मा प्रहरी कन्ट्रोल रुपमा सलमानको ज्यान मार्ने धम्कीसहितको फोन आएको थिए । यो फोनपछि अहिले प्रहरीले सलमानको सुरक्षामा पुनरवलोकन र फोनकर्ताको खोजी एकैसाथ थालेको छ ।
पछिल्ला वर्षमा बक्सअफिसमा धमाका गरिरहेका सलमानको नयाँ फिल्म ‘सुल्तान’ अहिले छायाँकनमा छ । फोन कसले गरेको थियो भन्ने प्रहरीले पत्ता लगाएको छैन ।
ekantipur बाट
अहिले बलिउडलाई अवार्डले छोइरहेको छ । जब नयाँ बर्ष लाग्छ, विभिन्न नाम दिएर अवार्ड शोहरु आयोजना भैरहेका हुन्छन् ।
मुम्बइमा हालै मात्र ‘जी सिने अवार्ड २०१६ आयोजना भएको छ । अवार्ड शोको रेड कार्पेटमा कलाकारको पहिरन र गतिविधी सधै नै चर्चामा रहन्छ । यो अवार्ड शोमा पनि नायिकाहरु विभिन्न पहिरनमा सजिएर पुगेका थिए ।
रेड कार्पेटमा नायक रणवीर सिंहले नायिका परिणिती चोपडालाई चुम्बन गरे । यो तस्बिरले अहिले राम्रै स्थान पाइरहेको छ । काजोलदेखि कृती सेननसम्म रेड कार्पेटमा देखिए ।
अनलाइनखबरबाट
नायिका रेखा थापा बर्षमा एकपटक चलचित्रमा अभिनय गर्छिन् । तर, उनले आफ्नै ब्यानरमा बनाएका चलचित्र हिट हुन्छन् । यसैले पनि होला रेखाको डिमाण्ड चलचित्र क्षेत्रबाट कहिले हटेको छैन ।
उनै रेखाले आफ्नै ब्यानरमा निर्माण गरेको चलचित्र ‘रामप्यारी’ चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा रेखाको दोहोरो भूमिका छ । यही चलचित्रबाट रेखाका छोरा आभाष अधिकारी पनि चलचित्र क्षेत्रमा आउँदैछन् । रेखाका दिदीका छोरा आभाषले यो चलचित्रबाट संभावना देखाएका छन् ।
चलचित्रमा समावेश ‘छमछम ती पाउजुहरु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रेखा थापा, आश्मा डीसी र आभाष अधिकारीलाई फिचरिङ गरिएको छ ।
सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखा ट्याम्पु ड्राइभर महिलाको भूमिकामा पनि छिन् । भिडियोमा रामजी लामिछानेको नृत्य निर्देशन छ । थानेश्वर गौतमको संगीत रहेको गीतमा हस्त गौतमको स्वर छ । रेखाले बनाउने अघिल्ला चलचित्र जस्तै यसको बिषय पनि नारी केन्द्रित छ ।
अनलाइनखबरबाट
मुम्बई, फागुन ११ । बलिउड अभिनेता संजय दत्त बिहीबार जेलबाट रिहा हुँदैछन् । उनी सन् १९९३ मा भएको शृंखलाबद्ध विस्फोट मामलामा अवैध हतियार राखेको आरोपमा दोषी पाइएपछि अदालतको आदेशअनुसार पाँच वर्षको जेल सजाय भोग्दैछन् ।
यद्यपि उनले पुरै पाँच वर्ष भने जेलमा बिताउनु परेन । उक्त सजाय तोकिनु अघि नै उनले १८ महिना जेलमा बिताइसकेका
थिए । बाँकी सजायका हकमा पनि उनले पटक–पटक बिदा लिएर घर–परिवारसँग समय बिताउँदै आएका थिए । त्यस अतिरिक्त जेल सजायको परिभाषाअनुसार प्रत्येक कैदीले महिनामा सात दिन स्वतः सजाय माफी पाउँछ । यस हिसाबले संजयले प्रत्येक वर्ष ८४ दिनको सजाय छुट पाए । कैदीको चालचलन राम्रो पाइएको अवस्थामा प्रत्येक वर्ष जेल प्रशासनले ३० दिनको सजाय माफी दिने प्रावधान पनि छ । संजय दत्तको आचरणमा कुनै गुनासो नआएका कारण उनले उक्त सुविधा पनि पाए ।
यिनै सुविधाका आधारमा संजयले सजायमा छुट पाउँदै बिहीबार रिहा हुने अवसर पाएका हुन् ।
पुणेको यरवदा जेलमा रहेका संजयले जेल प्रशासनबाट रिहा हुने समयमा ४४० रुपैयाँ पाउनेछन् । जेल प्रशासन स्रोतका अनुसार उनले उक्त रकम जेलमा काम गरेबापत पारिश्रमिक पाउने भएका हुन् । कुल पारिश्रमिक मध्ये उनले खर्च गरेर बाँकी रहेको रकम ४४० रुपैयाँ रहेको जेल प्रशासन स्रोतलाई उद्धृत गर्दै केही भारतीय संचारमाध्यमले जनाएका छन् ।
उनले जेलमा कागजको झोला बनाउने काम गर्दै आएका छन् । उक्त कामबाट उनले दैनिक ५० रुपैयाँ आर्जन गर्दछन् । यस अतिरिक्त उनी जेल मै आरजे (रेडियो जकी) को भूमिका पनि निर्वाह गर्दै आएका छन् । जेलमा कैदीहरुका लागि मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत गीत–संगीत बजाउने गरिन्छ । जसमा संजयले रेडियो जकीको भूमिका निर्वाह गर्दै आएका हुन् ।imagekhabar बाट
काठमाडौँ । यस साता प्रदर्शनमा आएका तीनवटा नेपाली चलचित्रले आशा गरेअनुरुप सफलता प्राप्त सकिरहेका छैनन् ।
शुक्रबारदेखि राजधानीमा ‘को आफ्नो’, ‘फागु’ र ‘द सोल्जर’ नामक चलचित्र प्रदर्शनीमा रहेका छन् । ‘को आफ्नो’ एउटा कलात्मक चलचित्र हो । यसमा ऋचा शर्माको कुरुप महिलाको चरित्रको भुमिका छ ।
त्यस्तै, ‘द सोल्जर’ जङ्गल यात्रामा आधारित भिडियो चलचित्र हो । यसमा हात्ती हिँडेको समयमा लिइएका खतरनाक दृश्य देखाइएको छ । हालसम्मको प्रदर्शन हेर्दा यी दुवै चलचित्र ‘सुपर फ्लपको श्रेणीमा परेको वितरक गोपाल कायस्थको वताउनुहुन्छ । उहाँ भनुहुन्छ, “यी चलचित्रको लगानी उठ्नु त परको कुरा भयो, सामान्य व्यापारसमेत भएको छैन ।”
त्यसैगरी ‘बाबुसाहेव’पछि करिष्मा मानन्धरको ‘कमव्याक’को रुपमा आएको चलचित्र ‘फागु’मा तराईकी महिलाको कथा छ । यसमा शिल्पा पोखरेलले प्रमुख भुमिका निभाएकी छिन् । फागु पूर्णिमामा लक्षित गरेर आएको करिष्माको महत्वाकांक्षी उक्त चलचित्रले पनि औसत् मात्र व्यापार गर्न सकेको वितरक कायस्थको भनाइ छ ।
अनिल थापाको लेखन तथा निर्देशनमा बनेको ‘को आफ्नो’मा ऋचासँगै राजन खतिवडा, सुवास थापा, मेनुका प्रधानलगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै, महेन्द्र बज्राचार्यको निर्माण तथा बिएस बलामीको निर्देशनमा बनेको चलचित्र ‘द सोल्जर’मा दिवस उप्रेती, सुलेमान शङ्कर, जेनिशा केसी, सुनिल थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यसैगरी करिष्माको निर्माण तथा सम्झना उप्रेती रौतियारको निर्देशनमा तयार भएको चलचित्र ‘फागु’मा शिल्पासँगै राजेश हमाल, गौरी मल्लजस्ता हस्ती पनि चलचित्रमा देख्न सकिन्छ । दैनिक नेपाल डट कमबाट
