क्वालालम्पुर, १५ फागुन । मलेसियाका बिभिन्न ४ वटा घरफिर्ती केन्द्रमा रहेका १० जना नेपाली कामदार स्वदेश फर्किएका छन् ।
घर फर्किएकाहरुलाई यहांस्थित क्लाङ व्यवसायी समिति लगायत अन्य नेपाली एव मलेसियन संघ संस्थाले आर्थिक् सहयोग गरेको मलेसियास्थित नेपाली राजदूताबासले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ ।
अवैधानिक तरिकाले काम गरेको अबस्थामा प्रहरीको फन्दामा परि ३ महिना जेल सजाय भुक्तान गरी घरफिर्ती केन्द्रमा पठाइएकाहरुलाई सहयोगदाताहरुले घर फर्कनका लागि एकतर्फी हवाई टिकटको ब्यबस्था गरीदिएका हुन् । घर फर्किएकाहरु को–को हुन उनीहरुको नाम भने राजदूताबासले खुलाएको छैन ।
नेपाली राजदूताबासले जारी गरेको विज्ञप्तिमा काजाङ घरफिर्ती केन्द्रका २ जना, जोहोर घरफिर्ती केन्द्रका ७ जना र मलक्का घरफिर्ती केन्द्रका १ जनालाइ नेपाल फर्कने ब्यबस्था मिलाइएको हो ।
मलेसियाको कानुन अनुसार बिदेशी अवैधानिक कामदार समातिएको खन्डमा अनिबार्य तीन महिना जेल बस्नुपर्ने हुन्छ । जेल सजाय पाइसकेकाहरु घरफिर्ती केन्द्रमा सारिन्छन् । घरफिर्ती केन्द्रमा पुगेकाहरु एकतर्फी हवाइ टिकट काटेर घर फर्कन सक्दछन् । एकतर्फी हवाइ टिकट काट्न नसक्नेहरु लामो समयसम्म त्यत्तिकै सोहि केन्द्रमा थन्किन पनि बध्य हुनुपर्छन् । उनीहरुलाइ त्यो बेला आफन्त, साथिभाई वा बिभिन्न संघसंस्थाको सहयोग आवश्यक पर्दछ ।
त्यस्तै गत बर्ष यता सम्म बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोगमा बिभिन्न घरफिर्ती केन्द्रबाट ४ सय ४१ नेपालीहरुलाई घर फर्काइएको नेपाली राजदुतावासले जानकारी दिएको छ ।
यस्तै, राजदूताबासले अघिल्लो महिना सार्बजनिक गरेको एक तथ्याक अनुसार मलेसियाका बिभिन्न जेलमा गरी २ सय ५९ जना नेपाली रहेका छन् । मलेसियाका बिभिन्न ठाउंमा रहेका घरफिर्ती केन्द्रमा पनि ३ सय ७५ जना नेपाली छन् । जेल र घरफिर्ती केन्द्रमा गरि कूल ६ सय ३४ छन । जस मध्यका घरफिर्ती केन्द्रमा भएका १० जनालाइ घर फर्काइएको हो ।
बाकी रहेका घरफिर्ती केन्द्रका नेपालीहरुलाई पनि नेपाल फर्काउने तयारी भईरहेको राजदुतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । घरफिर्ती केन्द्रमा रहेका र एकतर्फि हवाइ टिकट काट्न सक्ने अबस्था नभएकाहरुलाई टिकट उपलब्ध गराई सहयोग गर्ने संघसंस्थाप्रति राजदूताबासले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।
अवैधानिक कामदारलाइ मलेसिया सरकारले अहिले ब्यापकरुपमा धरपकट गरीरहेको हुनाले जेल पर्नेको सख्या अझै बढेको हुन सक्ने अनुमान गरीएको छ । यता मलेसियाका घरफिर्ती केन्द्रबाट नेपाली शुन्यमा झार्ने राजदूताबासले लक्ष्य छ । दैनिक नेपाल डट कमबाट
फागुन १५ – सोमालियाको राजधानी मोगादिशुमा रहेको एक होटलमा भएको आक्रमणमा ९ जनाको ज्यान गएको छ । आक्रमणमा अरु धेरै मानिस घाइते भएको सरकारी अधिकारीले बताएका छन् ।
मोगादिसुको सोमाली युथ लिग होटलमा बिद्रोही संगठन अल शबाबका आक्रमणकारीले आक्रमण गरेका हुन् । उनीहरुले होटलको बाहिरी भागमा कार बम विस्फोट गराएका थिए । त्यसपछि होटल भित्र प्रवेश गरेका आक्रमणकारीले गोली चलाएका थिए । पहिलो कार बम विस्फोट भएको झण्डै ४० मिनेटपछि होटल नजिकै रहेको शान्ति पार्कमा अर्को विस्फोट भएको थियो । प्रहरीको कारवाहीमा परि चार जना आक्रमणकारी मारिएका छन् ।
अलकायदासँग सम्बद्ध अल शबाबले सोमालियमा हिंसात्मक गतिविधि गर्दै आएको छ । आक्रमण भएको होटल राष्ट्रपति निवाससहित अन्य सरकारी अधिकारीको आवास रहेको क्षेत्रबाट नजिक पर्छ ।
अल सबाबले होटल आफ्नो नियन्त्रणमा रहेको बताएको थियो । तर प्रहरीले भने होटलबाट आक्रमणकारीलाई हटाएको र अहिले स्थिति आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।
– Ujyaaloonline बाट
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले चैत ७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्ने लगभग निश्चित भएको छ ।
दक्षिणी छिमेकी मुलुक भारतको ६ दिने राजकीय भ्रमण सकेर बुधबार स्व्देश फर्केका प्रधानमन्त्री ओलीको एक महिनापछि चीन यात्रा हुन लागेको हो ।
काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयलाई प्रधानमन्त्रीको भ्रमण मितिबारे मौखिक जानकारी दिइसकेको कूटनीतिक स्रोतले बतायो । प्रधानमन्त्री ओली बढीमा चारदेखि पाँच दिनसम्म चीनमा हुनेछन् ।ratopati बाट
काठमाडौँ , १४ फागुन । फेसबुकका सिइओ मार्क जुकरवर्ग जति चर्चित छन् उनी दिनानुदिन त्यति नै असुरक्षित बन्दै गएका छन् । पछिल्लो समय मार्कका विरुद्धमा २० भन्दा बढी मुद्धा अदालतमा विचाराधिन रहेको भनीएका बेला उग्रवादी संगठन स्लामिक स्टेटले उनलाई ज्यान मार्ने धम्की दिएको अन्तराष्ट्रिय संचार संस्थाहरुले जनाएका छन् ।
आइएसले हालै एक भिडियो सार्वजनिक गरेर यस्तो सनसनीपूर्ण धम्की दिएको हो । उक्त भिडियोमा फेसबुकका प्रमुख मार्क जुकरबर्ग सहित ट्वीटरका पनि मुख्य कार्यकारी अधिकारी जैक डोर्सीलाई धम्की दिएको बिबिसीले उल्लेख गरेको छ ।
उनीहरुलाई धम्की दिँदै आइएस्ले गम्भीर नतिजा भोग्नु पर्ने बताएको छ । केही दिनअघि आइएस समर्थक करिब डेढ लाख अकाउन्ट बन्द गरिए लगत्तै आइएसले यस्तो चेतावनी दिएको हो ।
अनलाइन साझा खबरबाट
अफगानिस्तान,अफगानस्तिानको पूर्वी प्रान्त गजनीमा तालिवान लडाकूविरुद्ध गरिएका सुरक्षा कारबाहीमा १० सशस्त्र आतङ्ककारी मारिएका छन् ।
सो जानकारी यस प्रान्तका प्रहरी प्रवक्ता फहिम अमिरले शुक्रबार दिनुभएको छ । सो कारबाही गजनी प्रान्तको काराबाग र आबान्द जिल्लामा भएको अमिरले बताउनु भएको छ ।
यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।
गजनी प्रान्तमा आतङ्ककारी क्रियाकलापमा संलग्न हुदै आएका तालिवान आतङ्ककारी समूहले यस विषयमा कुनै टिप्पणी गरेका छ्रैनन् । News24Nepal.com बाट
ढाका, १४ बङ्गलादेशको उत्तरपपश्चिमी क्षेत्रमा एक हिन्दु पुरोहितको हत्या गरेको आरोपमा तीन आतङ्ककारीको पक्राउ गरिएको छ । प्रहरी अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।
पक्राउ परेका ती सदस्यहरु प्रतिबन्धित जामातुल मुजाहिद्दिन बङ्गलादेश ९जेएमबि० का सदस्यहरु भएको जनाइएको छ ।
ढाकाको राजधानी सहरबाट ४४३ किलोमिटर टाढा रहेको पन्चाग्रह जिल्लामा फेबु्रअरी २१ का दिन एक मन्दिरमा ५० बर्षीय हिन्दु पुरोहित जोगेस्वर दासाद हिकारीको घाँटी काटेर हत्या गरेका थिए ।
सो हत्यामा संलग्न जेएमबीका तीन सदस्यलाई हामीले पक्राउ गरेका छौँ, पन्चाग्रह जिल्लाका प्रहरी अधिकारीले शुक्रबार विहान बताएका छन् । News24Nepal.com बाट
धनगढी, १४ फागुन । रोजगारीको सिलसिलामा मलेसियामा रहेका कैलाली चौमालाका एकजनाको हत्या भएको छ ।
बिगत तीन वर्षदेखि मलेसियाको मलाकामा रहेका चौमाला गाविस ७ राजिपुरका ३५ वर्षीय जंगबहादुर बिकको हत्या भएको हो । हत्या गरेको आरोपमा मलेसियन प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको मलेसियामै रहेका जंगबहादुरका आफन्त पदम बिकले बताए ।
मलाकाको एक कुखुरा फार्ममा काम गर्ने जंगबहादुर फागुन २ गते घरपरिवारलाई पैसा पठाउन भनेर बैंक गएका थिए । बीच बाटोमै नेपालीमुलका ब्यक्तिहरूले होटलमा लगेर खानपान गर्न लगाएर अन्तमा धारिलो हतियार प्रहार गरी पैसा लुटेको पदमको भनाइ छ ।
धारिलो हतियार प्रहारबाट सख्त घाइते भएका जंगबहादुरलाई चार दिनसम्म मलाका अस्पतालमा उपचार गरिएको थियो । पाँचौ दिनमा अस्पतालले मृत घोषणा गरेको बताइन्छ ।
हत्यामा संलग्न रहेको आशंमा मलेसियन प्रहरीले दार्जिलिङ्का चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । हत्याको आरोपमा संलग्न अन्यको खोजबिन गरिरहेको पदमले टेलिफोन सम्पर्कमा बताएको जंगबहादुरकी फूपु इन्द्रा बिकले बताइन् ।
छ महिनाको तलब बुझेर पैसा पठाउन भनेर हिँडेको जंगबहादुरसँग एक हजार ८ सय रिंगेट मात्र फेला परेको पदमको भनाई छ ।
जंगबहादुर सन् २०१३ फ्रेवरीमा ललितपुरस्थित कुनाल इम्प्लाइमेन्ट सर्भिसबाट मलेसिया गएका थिए ।
मृतक जंगबहादुरका घरमा एक नौ वर्षीय छोरा, श्रीमती र वृद्ध बुबा रहेका छन् । जंगबहादुरको घटना सुनेपछि घरमा दिनहुँ रुवाबासी हुनेगरेको छ ।
शव चाँडो घरमा ल्याइदिन जंगबहादुरका आफन्तजनले सरोकारवालालाई आग्रह गरेका छन् । दैनिक नेपाल डट कमबाट
एजेन्सी । दक्षिणी चीनमा एक व्यक्तिले आफ्नै लिंग काटेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ ।
३६ वर्षीय पुरुषले छोराको जन्म नभएपछि आफैलाई सजाय दिँदै आफ्नो लिंग काटेका हुन् । ३ र १३ वर्षीय छोरीका बाबु समेत रहेका उनले आफ्नो लिंगको १.२ इन्च अगाडिको भाग काटेको बताइएको छ । योंग नामका उनले यो हर्कत गर्नुभन्दा पहिला मदिरा पिएका थिए ।
पीपल्स डेली चाइनाका अनुसार पुरुषले २२ फ्रेवरी अर्थात सोमबार चक्कुले आफ्नो लिंग काटेका थिए । रिपोर्टका अनुसार क्वांगझू सहर नजिकैको ग्रामिण इलाकामा बस्दै आएका योंग गाउँका मानिसहरुका कारण तनावमा थिए, जो उनलाई छोरो नपाएको भन्दै हेला गर्थे । अर्थात आलोचना गर्ने ।
यो भन्दा पहिला उनलाई अत्यधिक मदिरा पिउँदा १५ फ्रेअवरीका दिन फुजियान आम्र्ड पुलिस हास्पिटलको इमरजेन्सी रुममा भर्ना गरिएको थियो । उनका परिवारकाअनुसार उनले यो खतरनाक कदम उठाउनुपूर्व जमेरै मदिरा पिएका थिए ।
उनका परिवारले घटनाबारे थाहा पाएपछि उनलाई अस्पताल लगिएको छ । र लिंग काटिएको भागलाई आइसबैगमा राखिएको छ । रातिको शिफ्टमा काम गर्ने एक डाक्टरले भनेका छन् योंगले आफ्नो लिंगको १.२ इन्च भाग काटेका थिए । डाक्टरका अनुसार योंगले अस्पतालमा उपचार गर्न मानेका थिएनन् । पछि परिवारको दबाबपछि अस्पताल भर्ना भए । दैनिक नेपाल डट कमबाट
बेरुत, सिरियामा करिब पाँच वर्षयता जारी द्वन्द्वमा परी दुई लाख ७० हजार भन्दा बढी मारिएका एक मानव अधिकारीवादी समूहले गत मङ्गलबार जनाएको छ ।
यस द्वन्द्वमा परी सर्वसाधारण एवम् सुरक्षाकर्मीको ज्यान गएको बताइएको छ । सिरियाली द्वन्द्वमा मारिएका व्यक्तिहरुको नयाँ तथ्याङ्कको प्रकाशन सिरियामा युद्धविराम हुने घोषणा भएको एक दिनपछाडि भएको छ ।
सन् २०११ को मार्च महिनाबाट सुरु भएको यस द्वन्द्वमा परी दुई लाख ७१ हजार १३८ व्यक्तिले ज्यान गुमाएका बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले बताएको छ ।
यस द्वन्द्वमा मारिएकामा ७९ हजार १०६ जना सर्वसाधारण नागरिक रहेका र जसमा १३ हजार ५०० बालबालिका र आठ हजार ७६० महिला रहेका बताइएको छ ।
यसैगरी गैरजिहादी विद्रोही लडाकू ४६ हजार ४५२ जना मारिएका छन् । त्यसैगरी इस्लामिक र अतिवादी लडाकूहरु ४६ हजार ४५२ रहेका छन् । यी लडाकूहरुकमा विदेशीसमेत रहेका छन् ।
अब्जरभेटरीका अनुसार यसप्रकार मारिएका ती व्यक्तिहरुको तथ्याङ्कमा ९७ हजार ८४२ जना सरकार समर्थक लडाकूसमेत रहेका छन् । जसमा आधाभन्दा बढी सरकारी सैनिकहरु रहेका जनाइएको छ ।
अब्जरभेटरी समूहले गत डिसेम्बरमा प्रकाशित गरेको सिरियाली द्वन्द्वमा मारिएका व्यक्तिको सङ्ख्याभन्दा हाल प्रकाशित तथ्याङ्मा १० हजारले बढी रहेको बताइएको छ । News24Nepal.com बाट
काठमाडौं, फागुन १३ – वेलायती युवराज ह्यारी आउँदो चैत ७ गतेदेखि १० गतेसम्मका लागि नेपाल भ्रमणमा आउनु हुने भएको छ । वेलायत राजपरिवारका सूचना सार्वजनिक गर्दै आएको ट्वीटर ह्याण्डिल किंग्सटन प्यालेसले ट्वीट गर्दै ह्यारी नेपाल भ्रमणमा आउने सार्वजनिक गरेको हो ।
Prince Harry is really looking forward to his first trip to Nepal. It is a country he has long wanted to visit #RoyalVisitNepal
— Kensington Palace (@KensingtonRoyal) February 25, 2016
नेपाल र वेलायतबिच दौत्य सम्बन्ध कायम भएको दुई सय वर्ष पुगेको अवसरमा वेलायती राजपरिवारका सदस्य नेपाल आउन लाग्नु भएको हो । ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुने बताइएको छ । ह्यारीले नेपालमा भूकम्पमा परेका परिवारका केही सदस्यसँग पनि भेट्नुहुने छ ।
Prince Harry is keen to enjoy the country's stunning natural beauty and will visit one of #Nepal 's National Parks.
pic.twitter.com/41xxMxst3r
— Kensington Palace (@KensingtonRoyal) February 25, 2016
वेलायती राजपरिवारका सदस्य नेपाल आउन लागेको यो पहिलो अवसर भने हैन । नेपालको तत्कालिन राजपरिवार र वेलायती राजपरिवारबिच घनिष्ठ सम्बन्ध भएकै कारण सन् १९६१ र १९८६ मा गरेर वेलायत महारानी एलिजावेथ द्वितियाले दुईपटक नेपाल भ्रमण गर्नुभएको थियो ।
यस्तै सन् १९७५ मा तत्कालिन राजा विरेन्द्रको राज्य भिषेकमा सहभागी हुन युवराज चाल्र्स सन् १९७५ मा नेपाल आउनु भएको थियो । त्यतिबेला ५ दिन नेपाल बसेका चाल्र्स त्यसपछि पनि सन् १९८० र १९९८ मा नेपाल आउनु भयो ।
त्यस्तै युवराज्ञी डायनले पनि सन् १९९३ मा नेपाल भ्रमण गर्नुभएको थियो । तत्कालिन युवराज दिपेन्द्रसँग फेरि पनि नेपाल आउने बाचा गरेकी डायनाको सन् १९९७ मा फ्रान्सको पेरिसमा भएको कार दुर्घटनामा निधन भएको थियो । अब नेपाल आउन लागेका ह्यारी चाल्र्स र डायनाका कान्छो छोरा हुनुहुन्छ ।ujyaaloonline बाट
कराँची (पाकिस्तान), १२ फागुन । पाकिस्तानीको कराँची आसपासका क्षेत्र सुरक्षाकर्मी र विद्रोहीबीच भएको भिडन्तमा १२ जना विद्रोहीको मृत्यु भएको छ ।
सिया विरोधी विद्रोही समूह लस्करे जाङ्भी र भारतीय उपमहाद्वीपमा गतिविधि सञ्चालन गर्दै आएको अर्को एक अलकायदाको समूहको आश्रयस्थल रहेका दुई ठाउँमा प्रहरीले खानतलासी गर्ने क्रममा भएको भिडन्तमा उनीहरुको मृत्यु भएको हो । त्यहाँ ४८ घण्टासम्म भिडन्त भएको र लडाकुको मृत्यु भएको पाकिस्तानी प्रहरी अधिकारीले बताएका छन् ।
मारिएका विद्रोही लडाकूहरु देशका विभिन्न ठाउँमा भएका नागरिकहरुका अपहरण तथा हत्याका घटनामा संलग्न रहेको अधिकारीहरुले बताएका छन् ।
पाकिस्तानी सेनाले सन् २०१४ देखि सुरु गरेको लडाकू विरुद्धको कारबाहीअन्तर्गत अहिलेसम्म ९० प्रतिशत विद्रोहीलाई सीमा क्षेत्रबाट विस्थापित गराएको जनाइएको छ ।
दैनिक नेपाल डट कमबाट
आखिर पाइखाना जस्तोसुकै महंगो किन नहोस् त्यो दिसा पिसाब गर्नमै काम आउने हो । सानो खाल्डो खनेर बोराले बारेको चर्पीमा र सुनको कमोट भएको चर्पीमा दिसा पिसाब गर्दा आउने आनन्दमा सायद फरक हुँदैन होला ।
तर दुनियामा केही मानिसहरु यति शौखिन हुन्छन् की दिसा पिसाब गर्न करोडौँका चर्पी प्रयोग गर्छन् । गत वर्ष साउदी अरबका राजाले आफ्नी छोरीको बिहेमा करोडौँ मूल्य पर्ने सुनको चर्पी दान दिएको खबर आएको थियो । अहिले फेरि राजा महाराजाको बारेमा यस्तै अर्को खबर आएको छ । यो खबर थाइल्याण्डकी राजकुमारीसँग सम्बन्धित छ ।
थाइ राजकुमारीका लागि कम्बोडियामा ४० हजार डलर खर्चिएर ट्वाइलेट निर्माण गरिएको छ । राजकुमारीको कम्बोडिया भ्रमणलाई लक्षित गर्दै झण्डै आधा करोड रुपैयाँ खर्चिएर कम्बोडियाले उक्त लग्जरी ट्वाइलेट बनाएको हो । तर विडम्बना राजकुमारीले उक्त ट्वाइलेटको प्रयोग नै गरिनन् ।
स्थानीय अधिकारीहरुका अनुसार राजकुमारीलाई दिसा पिसाब गराउनका लागि लाखौँ खर्च गरेर पाइखाना बनाइएको थियो । अफशोच कम्बोडिया यस्तो गरीब देश हो जहाँ अझैपनि ग्रामीण क्षेत्रका अधिकांस मानिस खुल्ला स्थानमा दिसापिसाब गर्न बाध्य छन् । आफ्नै देशका जनताका लागि चर्पी नभएको देशमा विदेशी राजकुमारीका लागि भने लाखौँ खर्चेर बित्थामा चर्पी बनाइएको भन्दै आलोचना पनि भएको छ ।
थाइ राजकुमारी महाचक्री सिरिन्धोरनले उत्तर पूर्वी कम्बोडियाको यइकलोम क्षेत्रमा गर्ने यात्राका लागि शौचालय बनाइएको थियो । राजकुमारीले उक्त क्षेत्रमा भ्रमण गरिन् र त्यहाँ दुइ घण्टा बिताइन् । तर उनले उक्त ट्वाइलेटको प्रयोग नै गर्नुपरेन । यसको मतलब उनलाई कम्बोडियामा दिसा पिसाब नै आएन । राजकुमारीले आफ्नो लागि बनाइएको ट्वाइलेटको फोटो भने खिचिन् ।
लाखौँ खर्च गरेर बनाइएको ट्वाइलेट राजकुमारी फर्किएसँगै भत्काइएको छ । ट्वाइलेटसँगै बनाइएको बाथरुमलाई भने पर्यटक सुरक्षाका लागि सुरक्षाकर्मी बस्ने चौकीमा परिणत गरिएको छ । उक्त शौचालय झण्डै दुइ हप्ता लगाएर बनाइएको थियो ।
अनलाइनखबरबाट
भारतमा भव्य स्वागत र सम्मान ग्रहणसँगै महत्वपूर्ण भेटवार्ता गरेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार भन्दै आउनुभएको छ ‘भ्रमण अत्यन्तै सफल भयो ।’ तर केहीले यसलाई सफल भ्रमण भनेका छन् भने केहीले असफल । तर सफलता र असफलता जाँच्ने कसी आआफ्नै हुन्छन् ।
ओलीको यो भ्रमण भारतलाई खुशी पार्न थिएन भन्ने कुरा उहाँले चार महिना पर्खेबाटै प्रष्ट हुन्छ । त्यसैले ओलीको भारत भ्रमण सम्बन्ध यो भन्दा धेरै चिसिन नपाओस् भन्ने कुरामा मात्रै केन्द्रित थियो । त्यस अर्थमा यो भ्रमण सफल भएको छ ।
सम्बन्ध थप चिसिन नपाओस् भनेर नै ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, विदेशमन्त्री तथा अरु उच्च राजनीतिक तहमा अलग अलग भेट र सामूहिक छलफल गर्नुभयो । यी भेटबाट दुई देशबिचको सम्बन्ध ट्रयाकमा आएको प्रधानमन्त्रीको भनाई छ, जुन गलत होइन । तर भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्ती जारी हुन सकेन । यसले देखाउँछ, नेपाल र भारतको सम्बन्ध ट्रयाकमा त आएको छ, तर पुरै सामान्य भइसकेको छैन ।
त्यसो भए प्रधानमन्त्रीले भनेजस्तै उहाँको भारत भ्रमण पूर्ण रुपमा सफल भएकै हो त ? यसमा भने प्रशस्त वादविवाद र छलफल आवश्यक छ । हो, मोदी लगायत अरु उच्च तहमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको संविधानलाई प्रष्ट्याउनुभयो । मधेसी मोर्चाको माग अनुसार संशोधन प्रक्रिया सुरु भएको जानकारी गराउनुभयो ।
सन् १९५० को सन्धी पुनरावलोकन लगायतका अरु कुरा उठाउनु भयो । जानुअघि उहाँले जस्तो अडान राख्नुभएको थियो, भारत पुगेर पनि त्यही अडाउन दोहोर्याउनु भयो । प्रधानमन्त्री ओलीको अडानबाट भारतले पनि बुझ्यो–हामीले भने जसरी नेपालमा हुँदो रहेनछ । त्यसैले मोदीले संयुक्त पत्रकार सम्मेलनमा खुलेरै नेपालको संविधानको स्वागत गरे । नेपाल र नेपालीको गुणगान गाए । तर उनले ‘तर’ भन्न छोडेनन् । र ‘तर’ जोडेर संविधानको कार्यान्वयन सहमतिमा गर्न सुझाव दिए ।
भ्रमणपछि संयुक्त विज्ञप्ती जारी नहुँदा भारत अझै पुरानै अडानमा रहेछ भन्ने एकथरीलाई लागे पनि यसलाई अर्को ढंगले पनि बुझ्न सकिन्छ । अर्थात नेपालले चाहँदैमा भारतले सबथोक गर्दैन । अनि भारतले चाहँदैमा नेपालमा सबथोक हुँदैन । दुवै देश के चाहन्छन् भन्ने कुरा यो भ्रमणले दुवै देशको नेतृत्वलाई प्रष्ट पारिदिएको छ ।
प्रधानमन्त्रीको भ्रमणमा भएको अर्को उपलव्धी हो–नेपाललाई माया गर्ने धेरै भारतीयहरुसँग ओलीको भेटघाट । भारत भ्रमणमा रहँदा प्रधानमन्त्रीले उच्च राजनीतिक तहसँगै उद्योगी, व्यापारी, कलाकार, सामान्य नागरिकसँग भेट गर्नुभयो । भेटमा सबैले प्रधानमन्त्री ओलीलाई दिल खोलेर सम्मान र स्वागत गरे । नेपाल र नेपाली मन पर्छ भने ।
स्वागत र सम्मान पाएर गद्गद् भएका ओलीले पनि नेपाल र भारतबीचको सम्बन्ध कसैले बनाएको नभई आफैं बलियो भएकाले कसैले चाहँदैमा कमजोर हुँदैन भनेर भारतीयहरुलाई पनि खुशी बनाइदिनुभयो । मोदीकै गृहजिल्ला गुजरातमा त अझ भव्य स्वागत भयो । यसले नेपाललाई माया गर्ने भारतीयहरु धेरै छन् भन्ने यथार्थ सन्देश त्यहाँको सरकारलाई दिएको छ ।
अझै महत्वपूर्ण कुरा प्रधानमन्त्रीको भारत भ्रमणले चीन जाने बाटो खुलाइदिएको छ । दुवै छिमेकी उत्तिकै महत्वपूर्ण भए पनि प्रधानमन्त्रीले चीनको भन्दा पहिले भारतकै भ्रमण गर्नुपर्ने आवश्यकता र बाध्यता दुवै थियो । आवश्यकता किन थियो भने भारतसँग बिग्रेको सम्बन्ध सुधार्नु थियो । र बाध्यता किन थियो भने भारतसँग नेपालको विशेष सम्बन्ध सीमानाले मात्रै होइन, संस्कृति र रहनसहनले पनि जोडिएको छ । यस्तो बेला भारतलाई चिढ्याउन उचित थिएन ।
ओलीका लागि थप अन्योल के थियो भने, भारतसँग सम्बन्ध बिग्रिएको बेला प्रधानमन्त्री पहिले चीन गएको भए भारत अझै चिढिन्थ्यो । नाकाबन्दी अझै कडा हुन सक्थ्यो । प्रधानमन्त्रीलाई स्वागत गर्नकै लागि भारतले सुरुमा नाकाबन्दी खोल्यो र दुई देशबीचको सम्बन्ध सुधार हुन थाल्यो । प्रधानमन्त्री पहिले भारत गएर कहिँ कतै केही पनि बिग्रिएको छैन । आपसी तिक्तता झन् मेटिएको छ । नेपालको संविधानलाई जुनसुकै भाषामा भएपनि भारतले अब स्वागत गरिसकेको छ । अब फेरि नेपालमा नाकाबन्दी गर्ने कुनै पनि बहाना भारतसँग बाँकी छैन । त्यसैले अब प्रधानमन्त्री ओलीलाई चीन गएर धेरै व्यवसायिक सम्बन्ध विकास र विस्तार गर्ने बाटो खुलेको छ ।
नाकाबन्दी खुले पनि भारतले नेपालले मागेको ७० प्रतिशत मात्रै इन्धन दिएको छ । भारतले भन्न खोजेको बाँकी ३० प्रतिशत इन्धन चीनबाट ल्याउ भन्ने हो । त्यसो त भारत नेपालमा शतप्रतिशत इन्धन नै दिन चाहन्थ्यो । तर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको चीन भ्रमणको क्रममा नेपालले एक तिहाई इन्धन चीनबाट ल्याउने सहमति गरिसकेको छ । तर यसको कार्यान्वयन कसरी हुन्छ भन्ने अझै अन्योल छ ।
अन्योल बाँकी नै रहे पनि भारतले मागको ७० प्रतिशत मात्रै दिंदा बाँकी ३० प्रतिशत इन्धन चीनबाट ल्याउनुपर्ने बाध्यता नेपाललाई छ । तर यो बाध्यता नेपालका लागि ठूलो अवसर पनि हो । कार्यान्वयन प्रक्रियालाई स्पष्ट गरेर चीनबाट एक तिहाई इन्धन आयात गर्न थालेपछि भविष्यमा फेरि भारतसँग कुरा नमिल्दा नेपालमा अहिले जस्तो संकटको स्थिति दोहोरिनेछैन ।
त्यसैले ओलीको चीन भ्रमणको मुख्य एजेण्डा चीनसँग भएको सम्झौतालाई व्यवसायिक हिसाबले कार्यान्वयन गर्न र नाका खुलाएर आयात निर्यात बढाउनमा केन्द्रित हुनुपर्छ । चीन भ्रमणमा ओलीले यति काम गर्न सक्नुभयो भने उहाँको चीन भ्रमण त सफल हुन्छ नै, भर्खरै सकिएको भारत भ्रमणको उपलव्धि पनि नेपाली नागरिकले स्पष्ट अनुभव गर्नेछन् ।ujyaaloonline बाट
