आइओसीले माघ ३ गते नयाँ मूल्यसूची
पठाएपछि निगमले पेट्रोल, डिजेल र
मट्टीतेलमा प्रतिलिटरमा ४ देखि ५
रुपैयाँ घटाउने आयल निगमले जनाएको छ
। प्रतिलिटर ४ रुपैयाँ घटाए पेट्रोल सय
रुपैयाँ तथा डिजेल एवं मट्टीतेल ७८
रुपैयाँमा झर्नेछ ।
निगमले गत १५ भदौदेखि मूल्य समायोजन
गरेको छैन, यसबीचमा अन्तर्राष्ट्रिय
बजारमा कच्चा तेलको मूल्यमा
प्रतिब्यारेल करिब २० डलरको कमी
आइसकेको छ, तर नेपालमा इन्धन आपूर्ति
असहज भएको मौका छोपी आयल
निगमले मूल्य घटाएको छैन ।
अन्तर्राष्ट्रिय बजारमा सन् २०१४ यता
तेलको मूल्यमा ७० प्रतिशत गिरावट आए
पनि नेपालमा त्यसअनुसार मूल्य
समायोजन हुने गरेको छैन । १५ भदौयता
नै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य
प्रतिब्यारेल २० डलर घट्दा नेपालमा
पेट्रोलियमको मूल्य प्रतिलिटर २०
रुपैयाँसम्मले घट्नुपर्ने विज्ञहरू बताउँछन् ।
तर, नेपाल आयल निगमले त्यस अनुपातमा
मूल्य घटाउने गरेको छैन । आजको नयाँ
पत्रिका दैनिकमा खबर छ ।ratopati बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...