-->
नेहा पुनलाई न्यायको माग गर्दै कलाकार मण्डलामा
Advertisement


पोखरामा केही दिन अगाडि बलात्कारपछि हत्या गरिएकी कलाकार नेहा पुनलाई न्याय दिन माग गर्दै नेपाली
चलचित्रका कलाकार अगाडि आएका छन् । शनिबार बेलुकी काठमाण्डौको मण्डला थिएटरमा मैनवत्ती प्रज्वलन गर्दै
उनीहरुले पुनलाई न्याय दिन सरकारसँग माग गरे । उनीहरुलाई विद्यार्थीदेखि सर्वसाधारणले पनि साथ दिएका थिए ।
पूर्व मिस नेपाल माल्भिका सुब्बा, मिस नेपाल इभाना मानन्धर पनि मैनवत्ती बाल्दै नेहालाई न्याय दिनका लागि
अगाडि देखिए । यस्तै, नायिका झरना थापा, प्रियंका कार्की, ऋचा शर्मा, नन्दिता केसी, रीमा विश्वकर्मा,
दीपाश्री निरौला, आना शर्मा पनि मैनवत्ती बोकेर मण्डला पुगेका थिए ।
उनीहरुले नेहा पुनका दोषीलाई तत्काल समातेर कारवाही गर्न माग गरेका थिए । कलाकारहरुले आज नेहा पुनका
हत्यारालाई कारवाही नगर्ने हो भने अरु नेपाली चेली पनि नेहा बन्नुपर्ने भन्दै सरकारले यस्तो घटना दोहोरिन नदिन कदम
चाल्नुपर्ने बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.