प्रधानमन्त्री केपी ओलीको आसन्न भारत भ्रमणको
पूर्वतयारीका लागि अर्थमन्त्री विष्णु पौडेल आज
भारत प्रस्थान गर्दै हुनुहुन्छ । भारत भ्रमणका क्रममा
अर्थमन्त्री पौडेलले विदेशमन्त्री सुष्मा स्वराज
तथा भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम
रहेको छ ।
अर्थमन्त्री विष्णु पौडेलको भ्रमण नेपाललाई भारते
दिदै आएको सहुलियत ऋण तथा भूकम्प पुननिर्माण
योजनाका परामर्श बैठकमा केन्द्रित हुने छ ।
प्रधानमन्त्री ओलीको फागुन ७ गतेबाट हुने
भनिएको चारदिने दिल्ली भ्रमणको पूर्वतयारी
स्वरुप अर्थमन्त्री भारत भ्रमणमा लाग्नु भएको हो ।

0 comments
प्रतिक्रिया दिनुहोस्...