-->
असुरक्षित सुत्केरी गराएका कारण इलाम चुलाचुलीकी एक युवतीको ज्यान गयो
Advertisement


इलाम चुलाचुलीकी एक युवतीको असुरक्षित सुत्केरी गराएका कारण ज्यान गएको छ । चुलाचुली–२ निवासी २२ वर्षीया कविता खत्रीको सुत्केरी अवस्थामै ज्यान गएको हो ।
साँझ सुत्केरी बेथाले च्यापेपछि ७ बजे घरमै बच्चा जन्मिएको थियो । बच्चा जन्मिनेबित्तिकै अत्यधिक रक्तस्राव भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिनुभयो । बच्चा जन्मिनेबित्तिकै आमाको मृत्यु भएपछि बच्चाको बिचल्ली भएको छ । बच्चाको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको परिवारले जनाएको छ । News24Nepal.com बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.