-->
‘स्वाइँस्वाइँ तान्दै फु’ गर्ने सत्र पक्राउ
Advertisement


१५ फागुन
काठमाडौँ– सार्वजनिकस्थलमा स्वाइँस्वाइँ चुरोट तानेर फु गर्दै धुवाँ उडाउने १७ जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कोटेश्वरले धूमपान नियन्त्रण अभियान अन्तर्गत सडक, चोक र सार्वजनिक स्थानमा धूमपान गर्नेलाई पक्राउ गर्ने अभियानलाई शुक्रबारदेखि तीव्र पारेको हो । शुक्रबार मात्रै कोटेश्वर क्षेत्रबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी सहायक निरीक्षक जीवन खड्काले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई रु १०० जरिवाना गरिनाका साथै आइन्दा सार्वजनिकस्थलमा धूमपान नगर्न सम्झाइबुझाइ गरी छाडिएको थियो । नेपाल प्रहरीले मुलुकभर नै यो अभियान सुरु गरेको छ ।ratopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.