-->
ढाकामा हिन्दु पुरोहितको हत्या
Advertisement


ढाका, १४ बङ्गलादेशको उत्तरपपश्चिमी क्षेत्रमा एक हिन्दु पुरोहितको हत्या गरेको आरोपमा तीन आतङ्ककारीको पक्राउ गरिएको छ । प्रहरी अधिकारीहरुले शुक्रबार सो जानकारी दिएका छन् ।
पक्राउ परेका ती सदस्यहरु प्रतिबन्धित जामातुल मुजाहिद्दिन बङ्गलादेश ९जेएमबि० का सदस्यहरु भएको जनाइएको छ ।
ढाकाको राजधानी सहरबाट ४४३ किलोमिटर टाढा रहेको पन्चाग्रह जिल्लामा फेबु्रअरी २१ का दिन एक मन्दिरमा ५० बर्षीय हिन्दु पुरोहित जोगेस्वर दासाद हिकारीको घाँटी काटेर हत्या गरेका थिए ।
सो हत्यामा संलग्न जेएमबीका तीन सदस्यलाई हामीले पक्राउ गरेका छौँ, पन्चाग्रह जिल्लाका प्रहरी अधिकारीले शुक्रबार विहान बताएका छन् । News24Nepal.com बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.