काठमाडौं, १४ फागुन । संविधान निर्माणपछि पहिलोपटक भैरहवा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसी युवाहरुले भव्य स्वागत गरेका छन् ।
यसअघि आन्दोलनमा ढुंगामुढा गर्न व्यक्त हुने युवाहरु शुक्रबार भने ओलीलाई स्वागत गर्न हातहातमा पुष्पगुच्छा र पम्पलेट विच्छ्याउँदै सडकमा कुरिरहेका थिए ।
नेकपा एमाले रुपन्देही जिल्ला कार्यसमितिले भैरहवामा आयोजना गरेको विशाल आमसभा तथा संविधान प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन् ।
सभामा पहाड र मधेसबाट झण्डै डेढ लाख जनता सहभागी छन् । डेढ लाख जनताका अगाडि उभिएर ओलीले सम्बोधन गरेका छन् ।
यसैगरी प्रधानमन्त्री ओलीलाई पिपरहिया सेवा समाज रुपन्देहीले भैरहवामा पनि भव्य स्वागत गरेको छ । दैनिक नेपाल डट कमबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...