२४ माघ, काठमाडौं। वीरगन्ज रक्सौल नाकामा
अवरोध गर्न शनिबार दिउँसो मितेरी पुलमा पुगेका
मधेसी दलका नेता र कार्यकर्तालाई भारतीय
व्यापारी र स्थानीय बासिन्दाले लखेटेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार
दिउँसोदेखि खुलेको नाका शनिबार फेरि अवरुद्ध
पार्ने निर्णय गरेको थियो ।
मोर्चाको निर्णयअनुसार नाका अवरुद्ध पार्न
तमलोपाका महामन्त्री जितेन्द्र सोनल र संघीय
समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप
यादवको नेतृत्वमा गएको मोर्चाका करिब दुई दर्जन
कार्यकर्तालाई भारतीय व्यापारी र स्थानीयले।
कुटेर लखेटेका हुन् । आजको अन्नपूर्णमा समाचार छ ।
नाका अवरुद्ध पार्न गएका मोर्चाका कार्यकर्ता र
भारतीयबीच झडप पनि भएको थियो । झडपका
क्रममा मोर्चाका तीन जना कार्यकर्ता घाइते भएका
छन् । वीरगन्ज मुर्लीका मीर मन्सुरीसहित तीनजना
घाइते भएका हुन् । मन्सुरीको टाउको फुटेको छ । उनको
नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिएको छ
।
एक सय ३५ दिनपछि शुक्रबारदेखि खुलेको वजीरगन्ज-
रक्सौल नाका संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चालो शनिबार पुनः अवरोध गर्न खोज्दा
भारतीयले मोर्चाका नेता तथा कार्यकतालाई कुटेर
लखेटेका हुन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...