-->
खेतमा शौच गर्न गएकी महिलामाथि धारिलो हतियार प्रहार
Advertisement


बारा, फागुन १५ - बारामा शुक्रबार राती एक युवकले धारिलो हतियार प्रयोग गरेर एक जना महिलालाई घाइते बनाएका छन् ।
महागढीमाई नगरपालिका ६ बबुआइनका २५ वर्षे युवक बिक्की चौरसियाले गाउँकै २८ वर्षे रजियादेवी बरैलाई घाइते बनाएका हुन् । बरैको दुबै गालामा धारिलाे हतियार प्रहार भएको प्रहरी चौकी बरियारपुरले जनाएको छ ।
शौच गर्न खेतमा गएका बेला महिलामाथि आक्रमण भएको बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिनुभयो । बिबाहित बरै केहि वर्षदेखि माइतीमा बस्दै आउनु भएको थियो ।
घाइते महिला बरैको कलैया र वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि शनिबार दिउँसो काठमाडौ पठाइएको प्रहरीले जनाएको छ ।
बरैलाई आक्रमण गर्ने युवक बिक्की फरार रहेको र छानविनका लागि उनका बुवा किशुन दयाललाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।Ujyaaloonline बाट



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.