-->
नेपाल प्रहरीमा पनि डिभी भर्न,पीआर, ग्रिनकार्ड लिन रोक
Advertisement


नेपाल प्रहरी सेवामा रहेकाहरुले अबदेखि डिभी भर्न र
अन्य देशको पीआर, ग्रिनकार्ड लिन नपाउने भएका
छन्। गत विहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल
प्रहरीका नियमावली २०७१ तेस्रो पल्ट संशोधन गर्दै
डिभी भर्न र अन्य देशको पीआर, ग्रिनकार्ड लिन
रोक लगाएको हो।
सरकारले यसअघि निजामति ऐन संशोधन गर्दै
निजामति कर्मचारीहरुलाई पनि डिभी भर्न र अन्य
देशको पीआर,ग्रिनकार्ड लिन नपाउने नियम
लगाएपछि सशस्त्र प्रहरीले पनि सोही बाटो
अवलम्बन गरेको थियो।
सशस्त्रमा केही उच्च तहका प्रहरी अधिकारीले
राजीनामा समेत दिएका थिए।
नेपाल प्रहरीमा पनि केही उच्च तहका
अधिकारीहरसँग विभिन्न देशको डिभी, पीआर र
ग्रीनकार्ड रहेको प्रहरीले दाबी गरेको छ।नयाँ
नियमावली आएसँगै प्रहरीले डिभी,पीआर,ग्रिनकार्ड
अथवा जागिर रोज्न कर्मचारीहरुलाई निर्देशन
दिएको छ।
Setopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.