-->
प्लेन दुर्घटनामा बाँचेको परिवारको मन छुने बयान
Advertisement


नेपालगन्ज । ‘श्रीमान्, म र छोरो थियौं । पहिला त प्लेन राम्रैसँग उडिरहेको थियो तर एक्कासि एकदमै हल्लियो । प्लेनमा रहेका हामी सबै यात्रु डरायौं । प्लेनभित्र कोही रुन थाले, कोही कराउन थाले तर हामी भने बाँच्छौं कि भनेर बाहिर हामफाल्न खोज्यौं । जमिनमा प्लेन ठोक्किनै लागेपछि हामीले त हामफालेछौं तर त्यसपछि केके भयो, केही थाहा छैन ।ु
दुर्घटनाग्रस्त एयर काष्ठमण्डपको विमानबाट हामफालेर ज्यान बचाएकी जुम्ला चन्दनाथ ६ की २७ वर्षीया जगदम्बा गिरीले कोहलपुर मेडिकल कलेजको शय्याबाट भनिन्, ‘हामफाल्दा बाँचिएला कि भनेर हामफाल्यौं तर छोरो खै रुु
तत्काल चिकित्सकले छोरा प्रनिललाई उनी सुतेकै शय्यामा ल्याइदिएपछि जगदम्बाले केहीबेर दूध चुसाइन् । उनका पति मेघराज पनि उपचारकै क्रममा रहेको चिकित्सकले बताएपछि जगदम्बाले लामो सास तानिन् ।
हामहाल्ने क्रममा जगदम्बाको खुट्टामा चोट लागेको छ भने छोरा प्रनिलको टाउकोमा चोट लागेको छ । परिवारका तीनैजनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताए ।
दुर्घटनामा परी बाँचेका नुवाकोट थानसिङ ३ का धु्रव भण्डारीले विमान उडेको १०–१५ मिनेटपछि भित्र चुइगम पड्काएजस्तो आवाज आएको बताए । उनले भने, ‘प्लेन १२स्२० मा उड्योजस्तो लाग्छ । मोबाइल अफ गरेकाले ठ्याक्कै समय थाहा पाइएन । पहिला त प्लेन राम्रैसँग उडिरहेको थियो ।
एक्कासि चुइगम पड्काएजस्तो आवाज आयो । पहिलोपटक पड्कँदा केही लागेको थिएन । फेरि पडयो । चारपटकसम्म लगातार पड्किएपछि हामी सबैको सातो गयो । जहाज घरि यता हल्लन्छ, घरि उता । पूरै फाइटर प्लेनजस्तै गर्यो । त्यति बेलासम्म पनि पाइलटले पर्खनुहोस्, केही हुन्न भन्दै थिए । हामी तपाईंहरूलाई केही हुन दिन्नौं भने । त्यसपछि प्लेन त के भयोभयो, हामीले थाहा नै पाएनौं ।ु
भण्डारीले चालकको साहसकै कारण विमानका यात्रु बाँचेको बताए । उनका अनुसार विमान भुइँमा जोत्तिन लाग्दासम्म पनि पाइलट र कोपाइलट दुवैजनाले यात्रुलाई नआत्तिन आग्रह गर्दै बचाउने बताइरहेका थिए । भण्डारी सामान्य घाइते भएका छन् ।         - khabar dabali (अन्नपूर्ण पाेषटबाट) बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.