पुरुषमा यौन क्षमता कमजोरको लक्षण
पत्ता लगाउन ज्यादैं गा¥हो हुन्छ ।
सामान्यत : शरीरमा हर्मोनको गडबडी
या कमीका कारण यौन क्षमता
कमजोर हुने समस्या निम्तन सक्छ ।
हर्मोनको परिवर्तनको कारण पनि
पुरुषमा यस्तो समस्या हुन सक्छ ।
कैयौंपटक हृष्टपृष्ट मानिस पनि
नपुंसकता वा यौन क्षमता कमजोर हुने
शिकार बनिरहेको पाइन्छ । यसकारण
नपुसंकता (यौन क्षमता कमजोर) को
कारण पत्ता लगाउन गा¥हो हुन्छ ।
खासगरी पुरुषमा सम्भोगको समयमा
सही तरिकारले यौन क्रिया गर्न नसक्नु
या शिघ्रपतन हुनु नपुसंकताको लक्षण
हुन सक्छ ।
सामान्यत ः नपुसंकताको संबन्ध सिधा रुपमा
ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा
जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग
परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक
व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन
।
कुनै मानिसहरु नपुसंक नभएपनि घबराहट र मनको डर या
कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान
उत्तेजित हुन सक्दैनन्। पछि गएर सोही समस्या
दीर्घकालिन बन्न जान्छ ।
खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ? –
जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया
गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन
सक्छ ।
– नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन,
आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक
लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।
– नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ ।
मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा
केही थाहा पाएका हुदैंनन. ।
– नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट
महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ। बढ्दो
उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।
– जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना
हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।
– नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो
हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ
।
– नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी
हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग
कुरा गर्न पनि मन पराउदैंनन् ।
– नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ,
जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।
– बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।
– फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको
कमी पनि यसको प्रमुख कारण हो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...