भारतकालागि नेपाली राजदुत दिपकुमार उपाध्यायले
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी
फेब्रुअरीको दोस्रो साता हुने जानकारी दिएका छन ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको
साक्षात्कारमा उनले भने, “प्रधानमन्त्री केपी शर्मा
ओलीको पहिलो विदेश भ्रमणको रुपमा छिमेकी मित्र
राष्ट्र भारतको औपचारिक भ्रमण फेब्रुअरीको दोस्रो
साता (माघ महीनाको अन्तिम साता)हुने गरी तयारी
भईरहेको छ । भ्रमणमा नयाँ योजना र अन गोईङ्ग
विषयहरुमा काम गरिरहेका छौ । ’
भारतले नेपालसँगको सम्बन्धमा सुधार चाहिरहेको भन्दै
उपाध्यायले थपे, “छिटो समस्या समाधान गरेर नेपाल
भारत सम्बन्ध भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
नेपाल भ्रमणको बेलामा रहेको उचाईमै पुर्यााउनु पर्छ
भन्ने थालेका छन ।”
उनले आफूले भारत र नेपालमा सबैलाई भेटेर विद्यमान
समस्या सहमतिमा समाधान गर्न आग्रह गरेको उल्लेख गर्दै
संसदमा रहेको संविधान संसोधन विधेयक र त्यसमा परेको
संसोधन दुबै पक्षका लागि ‘विन विन’ स्थिति रहेकोले
अब छिटो समाधान गर्नु पर्ने बताए ।
उनले भने, “नाकामा बस्दा नेपाल भारत सम्बन्ध राम्रो
भएन । अब नाकाबन्दी फिर्ता गर्नु पर्छ । फिर्ता भएको
केही घडिमै नाका सहज हुन्छ ।”
नाका खोलेपछि तत्कालै यहाँको माग भन्दा दोब्बर
आपूर्ति गरेर स्थितिलाई तत्कालै सहज बनाउन सकिने भन्दै
राजदूत उपाध्यायले अहिलेको झगडाले नेपाल र भारत
कसैलाई पनि फाईदा नहुने बताएका थिए ।
हिमालखबर बाट।
0 comments
प्रतिक्रिया दिनुहोस्...