-->
क्यान्सर उपचारका लागि सुदृढ कोष स्थापना गर्नु आवश्यक : राष्ट्रपति
Advertisement

भक्तपुर, पुस २४ - राष्ट्रपति विद्यादेवी भण्डारीले क्यान्सर रोगको उपचार मंहगो भएकाले यसको उपचारमा सबैको पहुँच पुर्याउन
एक सुदृढ कोष स्थापना गर्नु आवश्यक रहेको बताउनु भएको छ । शुक्रबार नेपाल अर्बुद रोग निवारण संस्थाको २५ औँ केन्द्रीय
सभाको उद्घाटन गर्दै उहाँले क्यान्सर रोग लागेका गरिब तथा निमुखा नागरिकलाई सहज उपचार पहुँच पुर्याउन यस्तो कोष
आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले क्यान्सरको उपचार मंहगो हुने भएकाले गरिब तथा निमुखा जनतालाई उपचारको पहुँचमा पुर्याउनु जरुरी रहेकोसमेत
औल्याउनुभयो । राष्ट्रपति भण्डारी भन्नुभयो, ‘क्यान्सर रोग गम्भीर रोग हो, यसको उपचार निकै मंहगो छ, क्यान्सर रोग
लागेका गरिब तथा निमुखा नागरिकलाई पनि सहज उपचार पहुँच पुर्याउन एक सुदृढ कोष स्थापना गर्नु आवश्यक छ, यसका लागि सबै
निकायको ध्यानाकृष्ठ गराउन चाहन्छु ।’
क्यान्सर रोगको उपचारमा राज्यले पर्याप्त बजेट उपलब्ध गराउन नसकिरहेको अवस्थामा क्यान्सर रोगको रोकथाम, उपचारमा
सहयोग पुर्याउन सरकार, निजी क्षेत्र, राजनीतिक निकाय र अन्य सबै क्षेत्र एकताबद्ध भएर लाग्नु पर्ने उहाँले औल्याउनुभयो ।
देशका सबै नागरिकमा आधारभूत स्वास्थ्य सेवामा समेत सबैको पहुँच पुग्न नसकिरहेको बेलामा मंहगो उपचार लाग्ने क्यान्सर बढ्दै
जाँदा क्यान्सर बिरुद्ध लड्न र सबै नागरिकमा उपचारको पहुँच पुर्याउन सरकारसँगै अरु निकाय पनि लाग्नु पर्नेमा उहाँले जोड
दिनुभयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले आजदेखि नेपाल अर्बुद रोग निवारण संस्थाले संचालनमा ल्याएको ५२०२६६६ नम्बरको निःशुल्क
क्यान्सर हेल्प लाईन सेवा उद्घाटन गर्नुभयो । क्यान्सर रोगका बारेमा कुनै पनि जिज्ञासाको जानकारी दिन यस्तो सेवा सुरु
गरेको हो ।
त्यसैगरि शुक्रबार नै रोटरी इन्टरनेशनल ग्लोबल ग्राण्डले क्यान्सरको उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण कोवाल्ड रेडियसन
६० मेसिन खरिद गर्न पाँच करोड रुपैयाँ प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ । रोटरीका तर्फबाट राजभाई सुवाल
र संस्थाका तर्फबाट संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.