-->
सिलिण्डर युग समाप्त गरिदिन्छु, चुलाचुलामा पाइपबाट ग्यास पुर्याइदिन्छुः प्रधानमन्त्री
Advertisement


२४ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले
घरको चुला चुलामा ग्यासको पाइप जोडिदिने
दाबी गरेका छन् ।
भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन
नसकेर दाउरा बेचिरहेको सरकारका प्रधानमन्त्रीले
घरको चुला चुलामा ग्यासको पाइप जोड्दा दाबी
गरेका हुन् ।
एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले भने-‘ग्यासका सिलिण्डर
काँधमा बोकेर, मोटसाइकलमा बोकेर हिड्नु पर्दैन
सिलिण्डरको फेज (युग) समाप्त गरिदिन्छु ।’ उनले अघि
भने-घरघरमा चुलाचुलामा पाइप पुर्याइदिन्छु ।
पिटिक्क खोल्दा ग्यासबाट होइन, पाइपबाट आउँछ
ग्यास ।’
प्रधानमन्त्रीले निकै महत्वकाक्षी घोषणा गरिरहँदा
कार्यकर्तालेे ताली बजाए र हलमा हाँसाको
फोहोरा छुट्यो ।
ओलीले झन हौसिएर भने-ग्यासको बुटेल आयो कि
आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर
कता ? यो सब झमेला नौ भएन । एउटा मिटर
टाँसिदिने भित्तामा, जति बाल्नुहुन्छ बाल्नुस् ।’
उनले यो कुरा सुनेर केहीलाई पिर पर्ने बताए ।
प्रधानमन्त्री ओलीले भुरुरु धुँवा छोड्ने डिजेलको बस
होइन, इलेक्टि्रक बस चलाउने बताए ।’
उनले फोहोरबाट ग्यास निकाल्ने, हावाबाट विजुली
निकाल्ने र एक वर्षभित्र लोडसेडिङ अन्य गरेरै छाड्ने
समेत बताए ।
पञ्चायत नबुझेका पत्रकारले जथाभावी लेखे
प्रधानमन्त्री ओलीले राज्यकोषको ढुकुटीको दुरुपयोग
नगरेको दाबी गरे । लोकतन्त्र प्राप्तिका लागि संघर्ष
गरेका र जेलनेल भोगेका नेताहरुको उपचारका लागि
आर्थिक सहायता दिएको भन्दै उनले पञ्चायतको
बारेमा जानकारी नै नभएका पत्रकारले जथाभावी
रुपमा सहायता वितरण गरिएको भनेर समाचार लेखेको
बताए ।
कांग्रेसमा हुटहुटी
कांग्रेसका नेताहरुमा सरकारको नेतृत्व गर्ने हुटहुटी
बढेको दाबी उनले गरे । तर, कांग्रेस नेताहरुको त्यो
चाहना कुनै हालतमा पूरा नहुने उनले दाबी गरे ।
‘कांग्रेस नेताहरुले कुनै विरोध नै नगरी यो सरकारले
सरक्क छोडेर गए हुन्थ्यो र नयाँ सरकारको नेतृत्व
गरौंला भन्ने सोचिरहेका छन्’ ओलीले भने, ‘खेतमा
रोपाईं गरिरहेको सरकारले आलीमा बसेर गफ गरी समय
काट्नेको कुरा सुन्दैन ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.