-->
डाक्टर र नर्स निदाउँदा बिरामीको मृत्यु
Advertisement


वीरगन्ज – नारायणी उपक्षेत्रीय
अस्पतालमा डाक्टरको लापरबाहीका
कारण एक बिरामीको मृत्यु भएको छ ।
मधुमेह रोगको उपचारका लागि
अस्पतालमा भर्ना भएका वीरगन्ज १९
नगुवाका ६३ वर्षीय वीरबहादुर
कुर्मीको उपचारमा चिकित्सक र
स्वास्थ्यकर्मीले हेलचेक्र्याइँ गरेका
कारण बिहीबार राति ज्यान गएको
हो । कुर्मी उपचारका लागि गत
शनिबार अस्पताल भर्ना भएका थिए ।
डाक्टर मनोज गुप्ताले कुर्मीको
शरीरमा रगत चढाउने भनेपछि कुर्मीका
आफन्तले वीरगन्ज रक्तसञ्चार केन्द्रबाट
बिहीबार अपराह्न चार बजे नै एक
पोका रगत अस्पतालमा ल्याएका थिए
। सन्ध्याकालीन सिफ्टमा
अस्पतालको सर्जिकल वार्डमा सिएमए
रामेश्वरप्रसाद कुर्मी र स्टाफ नर्स
दिवा देवकोटा ड्युटीमा थिए ।
ब्लडबैंकबाट रगत ल्याइसकेको
जानकारी सर्जिकल वार्डका
स्वास्थ्यकर्मीले गराए पनि उनीहरुले
चासो नदेखाएको कुर्मीका छोरा
कन्हैया पटेलले बताए ।
‘राति आठ बजे रगत चढाउने भनेका
थिए,’ मृतक कुर्मीका पत्नी चन्दादेवीले
भनिन्, ‘रगत ल्याएपछि डाक्टर र नर्स
कोही आएनन् । अकालमा मेरो
लोग्नेको ज्यान गयो ।’ आजको
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।ratopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.