काबुल – अफगानी क्रिकेट टोलीको
सफलतामा खुसीयाली मनाउँदा
पड्काइएको बन्दुकको गोलीबाट एक
युवकको मृत्यु भएको छ ।
अफगानिस्तानले जिम्बाबेलाई
क्रिकेटमा पराजित गरेपछि दक्षिणी
अफगानिस्तानमा बन्दुक पड्काएर खुसी
मनाइएको थियो । क्रिकेट सफलताको
खुसीयालीमा हजारौं समर्थक सडकमा
उत्रिएका थिए भने देशका विभिन्न
सडकमा हावामाख बन्दुक पड्काइएको
थियो । जिम्बाबेविरुद्दको शृंखला ३–
२ ले अफगानिस्तानले जितेपछि
देशवासीले उत्सव मनाएका थिए ।
बुधबारको सफलतापछि अफगानिस्तान
एकदिवसीय अन्तर्राष्ट्रिय
वरीयताको शीर्ष १० भित्र परेको छ ।
हेलमन्डको राजधानी लस्कर गाहको एक
अस्पतालले खुसीयाली मनाउने समयमा
हावामा पड्काइएको बन्दुकको गोली
लागेर १७–१८ वर्षे एक युवकको मृत्यु भएको
जनाएको छ आजको नागरिक दैनिकमा
खबर छ ।ratopati बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...