-->
सरकारी स्वीकृतिविनै हेपाटाइटिसको औषधि परीक्षण
Advertisement


काठमाडौं- एक अन्तर्राष्ट्रिय
गैरसरकारी संस्थाले सरकारी
स्वीकृतिविना नै नेपालमा रहेका दुई सय
लागुऔषध प्रयोगकर्तालाई हेपाटाइटिस
सी विरुद्धको नयाँ औषधि परीक्षण
गरेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी
संस्था जिआइजेडले ग्लोबल फन्डबाट
औषधि झिकाई आफूखुसी लागुऔषध
प्रयोगकर्तामा औषधिको परीक्षण
गरेको हो । स्रोतका अनुसार सो
संस्थाले ‘गामा इन्टरफेरोन’ र
‘रिभाभेरिन’ नामक औषधि लागुऔषध
प्रयोगकर्तामाथि परीक्षण गरिएको हो
। त्यसका लागि दुईवटा निजी अस्पताल,
निजी क्षेत्रकै ल्याब र निजी क्षेत्रकै
चिकित्सकलाई प्रयोग गरिएको छ ।
यस्ता नयाँ औषधि तथा खोपहरूको
परीक्षण गर्दा वा प्रयोग गर्दा
सरकारको स्वीकृति लिनुपर्छ । – नयाँ
पत्रिकाले खवर छापेको छ ।ratopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.