काठमाडौं, पुस २५ । भारतीय नाकाबन्दीका
कारण देशमा मौलाउँदै गएको कालोबजारी
तत्काल नियन्त्रणको माग गर्दै नेवि संघले
राजधानीको बौद्धमा शुक्रबार प्रदर्शन
गरेको छ ।
नेवि संघ काठमाडौं क्षेत्र नम्बर ३ ले आयोजना
गरेको कार्यक्रममा केपी ओली नेतृत्वको
सरकारले कालोबजारीलाई प्रश्रय दिएर
जनताको ढाड सेकाउने कार्य गरेको भन्दै
चर्को
नाराबाजी गरेका थिए ।
टुसाल देखि जोरपाटीसम्म गरिएको
विरोधसहितको र्यालीमा व्यापारीहरु
स्वयम पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका थिए
।
र्यालीपछिको कोणसभामा बोल्दै नेवि संघ
नेता अर्थात जनजाती विद्यार्थी
महासंघका अध्यक्ष डुजाङ शेर्पाले
कालोबजारीको प्रत्यक्ष मार सर्वसाधारण
देखि विद्यार्थीहरुमा समेत परेकाले यसको
तत्काल नियन्त्रण गर्न माग गरे । उनले
कालोबजारी नियन्त्रण गर्न नसक्ने सरकारले
सत्ता छाड्न समेत आग्रह गरे ।
0 comments
प्रतिक्रिया दिनुहोस्...