पुस २५
बैतडी– बैतडीको कैलपाल गाविस–४
का कृष्णराज पाण्डेको पसलमा आगो
लगाउने सोही ठाउँका विमलराज
पाण्डेलाई प्रहरीले शुक्रबार साँझ
पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पाटन
बैतडीका प्रमुख प्रहरी निरीक्षक कृष्ण
साउँदका अनुसार अनुसन्धानका क्रममा
विमलराज पाण्डेले नै आगो लगाएको
खुल्न आएकाले पक्राउ गरिएको हो ।
उनले भने, “पक्राउ परेका पाण्डेमाथि
अहिले थप अनुसन्धान गर्दैछौँ र त्यसपछि
अदालतमा पेस गर्नेछौँ ।”
यही पुस १७ गते राति कृष्णराजको
पसलमा आगो लगाउँदा रु १० लाख
बराबरको क्षति भएको प्रहरीले
जनाएको छ । ratopati बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...