बाजुरा, पुस २५ । मध्य तथा सुदूरपश्चिमी
जिल्लाका हिमाली क्षेत्रहरुमा शुक्रबार
रातीदेखि हिमपात सुरु भएको छ ।
बाजुरा, बझाङ, दार्चुला, बैतडी, मुगु,
कालिकोट लगायतका जिल्लामा बर्षासंगै
हिमपात भएको हो । हिमपातसंगै मध्य तथा
सुदूरपश्चिमका पहाडी भेगमा अत्याधिक
जाडो बढेको छ ।
बाजुरा र दार्चुलाका
हिमाली क्षेत्रहरुमा दुई फिटसम्म हिउं जम्दा
यातायातका साधन प्रभावित बनेको छ भने
खच्चरका बाटो समेत बन्द भएको छ ।
हिमपातसंगै हिउँदे बर्षाले किसान भने हर्षित
भएका छन् । जाडोका कारण सुदूरपश्चिमका
सुकुम्वासी बस्ती, आरक्ष पिडित र
वाढिपिडित बालबालिका तथा
बृद्धबृद्धाले भने निकै सास्ती खेप्नु परेको छ ।
उता, हिमालपारीको जिल्ला मनाङमा
पनि हिजो सांझदेखि फेरी हिमपात शुरु
भएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...