पुस २५ |
तुलसीपुर – संघिय मामिला तथा
स्थानिय विकास राज्य मन्त्री कुन्ति
कुमारी शाहीले विकासको
न्यायोचित वितरणले मात्र समाज सम्बृद्ध
बन्ने बताएकी छन् ।
तुलसीपुर
नगरपालीकाको २० औं नगरपरिषदलाई
शुक्रबार सम्बोधन गर्दै मन्त्रि शाहिले
सम्पुर्ण राजनितिक दलहरु, प्रशासन,
कर्मचारी,बुद्धिजिवि, नागरिक समाज र
स्वयम् नागरिकक शसक्त भुमिकाबाट नै
विकासका चाहना पुरा हुने बताइन् ।
तुलसीपुर नगरपालीकालाई औधोगिक,
शिक्षा, कृषि, सुन्दर हिसाबले सम्बृद्ध
बनाउनका लागी सरोकारवाला सबैले
सकारात्मक सोचका साथ सब एक भएर
लाग्नुपर्ने उनले बताइन् ।
परिषद्मा झण्डै २२ करोड अनुमानित बजेट
प्रस्तुत
सो अवसरमा परिषदका अध्यक्ष
नगरपालीकाका कार्यकारी प्रमुख
डिल्लीराज बेल्वासेले आगामी आर्थिक
वर्ष २०७३÷०७४ का लागी २१ करोड ८७
लाख ६० हजारको अनुमानित बजेट पस्तुत
गरे ।
परिषदले नगरपालिकाले आगामी आर्थिक
वर्षमा अवलम्वन गर्न खोजेका केहि
रणनितिक योजना तथा कार्यक्रम
तर्जुमा गर्नुका साथै मुख्य मुख्य कार्यक्रम
सार्वजनिक गरेको छ । प्रस्तुत निति तथा
कार्यक्रममा नगर स्तरिय पुर्वाधार
योजनाहरुमा १० करोड, वडा स्तरिय
प्रवद्र्धनात्मक कार्यक्रम तर्फ २ करोड ५
लाख , पुर्वाधार विकास तर्फ ८ लाख,
नगर स्तरिय बालभेलाका योजनाहरु तर्फ
५ लाख, महिला लक्षीत कार्यक्रम तर्फ १
लाख ६६ हजार, जगेडा कोषबाट संचालन
हुने योजनाहरुमा ३० हजार लगायतका
रहेका छन ।
त्यस्तै रणनितिक योजना तथा
कार्यक्रमहरुमा भित्रि र वाहिरी
चक्रपथ सम्भावना अध्ययन र निमार्ण,
तुलसीपुर क्षेत्रको सडकको गुरुयोजना
निर्माण र कार्यन्वयन तुलसीपुर
नगरपालिका क्षेत्र भित्रका
खानेपानीका श्रोतहरुको संरक्षण,
टरिगाँउ विमानस्थलको संचालन, इन्धन
डिपोको स्थापना र स्तर उन्नती,
अरनीको मैदानको पुर्वाधार निर्माण
तथा व्यवस्थापन नगरका मुख्य सडकहरुमा
सौर्य उर्जाबाट सडक वत्ती जडान
लगाएतका कार्यक्रम रहेका छन । त्यसैगरि
परिषदले ०७३÷०७४मा संचालन गरिने मुख्य
मुख्य कार्यक्रम तर्फ शान्तिनगर टोल
गोलौरा सडक क्रमागत कालोपत्रे , दोघरे
डाँडाखुटी बल्ले मखनटाकुरी सडक नाला
तथा कालोपत्रे, चमीखोला नयाँवस्ती
हुदै वडा नं ८ वडा कार्यालय जाने बाटो
कालोपत्रे लगाएतका योजनाहरु प्रस्तुत
गरेको छ ।
प्रशासकिय अधिकृत सुवास गौतमको
स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा
व्यवस्थापिका संसदका सांसदहरु
बुद्धिराम भण्डारी, डिल्लीबहादुर
चौधरी , अनारकलि मिया, प्रमुख
जिल्ला अधिकारी दिपक काफ्ले,
स्थानिय विकास अधिकारी रमेश गौतम,
नेपाली कांग्रेस दाङका सहसचिव सुरेन्द्र
खड्का, नेकपा एमाले दाङका अध्यक्ष
जोगबहादुर राना, एकिकृत नेकपा
माओवादिका दाङका सचिव रामजि
चौधरी मिलन , राप्रपाका टोपबहादुर
शाह, राजमोका केन्द्रिय सदस्य भरत
भण्डारी , गरिबि निवारण कोषका
कार्यकारी निर्देशक नहकुल केसी, पुर्व नगर
प्रमुख ढुण्डिराज लामीछाने लगायतकाले
बोलेका थिए । कार्यक्रमको सहजीकरण
सुचना अधिकृत झरेन्द्र खरेलले गरेका थिए ।
कार्यक्रम ३ घण्टा ढिला गरि सुरु
१२ बजे कार्यक्रम सुरु हुने भनिए पनि ३ बजे
पछि मात्र कार्यक्रम सुरु भएको थियो ।
प्रमुख अथिति ढीलो गरि आएका कारण
कार्यक्रम तोकेको समय भन्दा ढीला
भएको आयोजकले बताएको छ । नगरपरिषद्
हुन लागेको सुको पाई नगरपालीकाको
प्राङगणमा पुगेका पत्रकार,अपाङ,जेष्ठ
नागरिक तथा आम नागरिकलाई बस्नका
लागि उचित ब्यबस्था हुन भने सकेको
थिएन । कार्यक्रममा पुगेका सहभागीले,
कार्यक्रमको व्यवस्थापन आयोजकले गर्न
नसकेको भन्दै टीप्पणी गरेका थिए ।।ratopati बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...