-->
समीक्षाः २ करोड खर्चमा पनि सफा नभएको बागमती
Advertisement


नेपाल पहिलेको जस्तो नेपाल रहेन, तर राजेश उही
राजेश हो । जब, लामो समयपछि पर्दामा यही संवाद
बोल्दै नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश
हमाल स्क्रिनमा देखिन्छन्, परर ताली नबजाउने
कोही पनि हुँदैनन् ।
राजेश हमाललाई लामो समयपछि पर्दामा देखेका
दर्शकलाई उनीप्रतीको प्रेम र क्रेज अझ बढेर जान्छ ।
तर, के करिब १ घन्टा ३८ मिनेट लामो चलचित्र
बागमतीले हमालको यो क्रेज बचाइराख्छ त, आउनुहोस्
समिक्षा गरौं ।
कथावस्तु
आफ्नी ६ बषिर्य छोरी कञ्चनको मुटुको अप्रेशनका
लागि भौतारिएको एक पिता र उसको जीवनमा
आइपर्ने विभिन्न घटनाक्रम नै बागमतीको मुख्य अंश हो
। जसको बिचमा, राजेश हमाल, शिव श्रेष्ठ, केकी
अधिकारी जस्ता पात्रको प्रवेश हुन्छ । छोरीको
अप्रेशनका लागि गलत काम समेत गर्न पुगेको बाबु
रविको भेट राजेश नामको एक अपराधीसँग हुन्छ ।
सोही कथावस्तुको सेरोफेरोमा घुमेको छ, चलचित्र
बागमती ।
के हेर्ने ?
साउथ इन्डियन निर्देशक सन्नी केरलाको निर्देशनमा
उच्च प्रविधी प्रयोग गरेर नेपालमा आजसम्म नै नबनेको
चलचित्र भन्दै यसलाई प्रचार गरिएको थियो । हलमा
पुग्दा दर्शकले त्यो त हेर्न पाउँदैनन्, तर यसको प्रविधी
भने केही फरक लाग्छ । हलमा गुञ्जने साउण्ड आम
नेपाली चलचित्रको भन्दा विल्कुल फरक छ । सुरुको दश
मिनेटमा राजेश हमाल र शिव श्रेष्ठको जुन खालको
एक्सन समावेश छ, साच्चै रोचक छ ।
द्धन्द्ध निर्देशक राजकुमार उप्रेतीले बागमतीको
एक्सनलाई ताली बजाउने खालकै बनाएका छन् ।
चलचित्रमा हेर्नलायक कुरा यही नै हो । साथमा
राजेश हमालका फ्यानले उनको हाँसो र संवादकै
लागि चलचित्र हेर्छन् भने, त्यो बागमतीमा देख्न
सकिन्छ ।
कमजोरीको खानी बनेको छ बागमती
जसरी, काठमाण्डौ शहरमा रहेका बागमती प्रदुषित
हुँदै गयो, यसले काठमाण्डौको सोभा पनि हराएको
छ । त्यसरी नै चलचित्र भित्र, बागमती
काठमाण्डौको बागमती जस्तै बनेको छ । चलचित्रको
कथावस्तुमा तालमेल नहुनु, पात्रको उत्पत्ती र त्यसको
विकास हुन नसक्नु चलचित्रको मुख्य कमजोरी हो ।
चलचित्रको सुरुवातमा जुन प्रकारको शैली देखाइएको
छ, त्यसको विकास हुन नसक्दा दर्शकलाई केही छिनमै
चलचित्र पट्यारलाग्दो बनेको छ । बागमती नामक एक
टि्रपरमा कुदिरहेका बाबुको कुदाइमा नै चलचित्र
सकिन्छ । एउटै पात्रलाई यती लामो समयसम्म
देखाउँदा र घटनाक्रमको विकास गर्न नसक्दा
चलचित्र दिक्क लाग्दो बन्छ । कुनै पनि पात्रको काम
के हो र उसलाई चलचित्रमा कुनै तरिकाले प्रस्तुत गर्न
खोजिएको हो भन्ने नै बागमतीमा स्पष्ट छैन । हुनत,
निर्देशकले दर्शकलाई यसको सिक्वेल पर्खन आग्रह गर्दै
चलचित्र सकाएका छन् । तर, पहिलो पाटो नै सशक्त
नबनाएर दोश्रो पाटोमा पर्खनु भन्नु मुर्खता हो ।
प्रहरीको चेकमा पर्दा, गाडीमा बोकिएको लास
प्रहरीले नेहुर्न, छामछुम गरेपनि लास ढाकिएको
त्रिपाल नखोल्नु हाँस्यास्पद छन् । प्रहरीकै
अगाडिबाट कैयौपटक अपराधी हिड्दा पनि
वेवास्ता हुनु, पात्रलाई पानी चाहिएको बेला
मात्र पानी पर्नु, अर्को हाँस्यास्पद बिषय हो ।
जसरी, करोडौ खर्च गर्दा पनि काठमाण्डौको
बागमती सफा हुन सकेको छैन, त्यसरी नै २ करोड
बजेटमा तयार भएको भनिएको यो चलचित्र पनि
दर्शकका लागि हात्ती आयो नै बनेको छ ।
राजेश, शिव र केकीको छैन काम
लामो समयपछि यो चलचित्रबाट नायक राजेश हमाल
र शिव श्रेष्ठ पर्दामा देखिए । दर्शकले पनि यी दुई
कलाकारलाई नै हेर्नका लागि टिकट काट्ने हुन् । तर,
चलचित्र भित्र यी दुइको काम खासै छैन । राजेश
हमाल केही मात्रामा बढी हाबी भएतापनि शिव
श्रेष्ठलाई एउटा फाइटमै सिमित गरिएको छ । केकी
अधिकारीले यो चलचित्र किन खेलिन् भनेर प्रश्न
उठाउने प्रशस्त ठाउँ छन् ।
एउटा गीत र त्यसपछिको लास बन्नकै लागि केकीले
चलचित्र खेलेकी हुन् भने, उनले गल्ती गरिन् । स्टारले
पैसा आउँछ भन्दैमा चलचित्र खेल्नु मुर्खता हो ।
चलचित्रमा कलाकार रविशंकर हाबी छन् । बाल
कलाकार कञ्चन ठकुरीले केही ठाउँमा दर्शकलाई भावूक
बनाउँछिन् ।
बागमती २ का लागि सबै दृश्य राखिएको हो भने
निर्देशकले यसमा गल्ती गरेका छन् । नेपालका
निर्माताले खुलेरै खर्च गरेपनि सन्नी केरलाले त्यसको
सदुपयोग गर्न सकेनन् ।onlinekhabar बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.