-->
ओलीलाई सिटौलाको सुझाव: उखान सुनाउने बानी बदल्नोस्
Advertisement

२५ पुस, बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री
कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा
ओलीलाई उखान र तुक्का भर्ने पुरानो बानी
परिवर्तन गर्न सुझाव दिएका छन् ।
‘अहिले ओलीजी मुलुकको प्रधानमन्त्रीको कुर्सीमा
रहनुभएको छ, शनिबार बिराटनगरबाट सिटौलाले
भने- ‘पुरानो शैलीमा उखान तुक्का गर्ने बानी
प्रधानमन्त्रीको कुर्सीमा बसेर सुहाउँदैन, उहाँले बानी
परिर्वतन गर्नुपर्छ ।’
प्रेस युनियन मोरंङले शनिबार बिहान बिराटनगरमा
गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिटौलाले
प्रधानमन्त्रीको कुर्सीमा बसेर शान्त एवं जिम्मेवार
भई काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीका एउटै जिल्लाबासी समेत रहेका
सिटौलाले भने- ‘उहाँ (ओली) ले धेरै तीखा-तीता
टुक्का नगरेकै राम्रो, तपाईहरुमार्फत ओलीजीलाई
सुझाव दिन चाहान्छु ।’
संसद: समाधानको थलो
एक अर्को प्रसंगमा महामन्त्री सिटौलाले जारी
गतिरोधको अन्त्य गर्ने एक मात्र थलो संसद भएकाले
बताए । जनताको निर्वाचित सर्वोच्च संस्था संसद
भएको उल्लेख गर्दै महामन्त्री सिटौला भने-‘मधेसको
समस्यालाई लोकतान्त्रिक विधि र प्रक्रियामा
रहेर समाधान खोज्ने थलो संसद हो ।’
जारी गतिरोध अन्त्यका लागि संविधान संसोधन
वा राजनीतिक निर्णयमार्फत हल गर्न सकिने
सिटौलाले बताए ।
उनले सीमांकनको विषय राजनीतिक संयन्त्रमार्फत
टुंग्याउने गरी छलफल भइरहेको पनि जानकारी दिए ।
महामन्त्री सिटौलाले सक्रमणकालीन अवस्थामा
जारी गरिएको संविधान कार्यान्वयन गरेर मुलुकमा
स्थायित्व कायम गर्न पनि दलहरुवीच अहिले एकता
जरुरी रहेको बताए ।onlinekhabar बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.