काठमाडौं, पुस २५ । कारागार तोडेर फरार
भएका मेक्सिकोका खतरनाक लागू औषध तस्कर
गुस्मान लोएरा पक्राउ परेका छन् ।
एल चैपो नामले परिचित लोएरा लागू पदार्थ
कोकिनका खुंखार तस्कर हुन् । मोस्ट
वान्टेडको सूचीमा रहेका लोएरा गत छ
महिना अघि पक्राउ परेका थिए ।
कडा सुरक्षाकाबीच मेक्सिकोको
कारागारमा रहेका उनी डेढ किलोमिटरको
सुरुङ खनी भाग्न सफल भएका थिए । उनले
मेक्सिकोमा रही अमेरिकामा ठूलो
परिमाणमा लागू औषध आपूर्ति गर्दै आएका
थिए ।
अमेरिकाले उनको नाममा ५० लाख अमेरिकी
डलर इनाम घोषणा गरेको थियो ।
मेक्सिकोको सिनलोआ प्रान्तमा सेनासँगको
मुठभेडमा उनी पक्राउ परेका थिए ।
उनी यसअघी पनि ग्वाटेमालाको
कारागारबाट फरार भएका थिए । सन् १९९३
मा ग्वाटेमालामा पक्राउ परेका उनी सन्
२००१ मा कपडा लोड गरेको ट्रकमा चढी
भाग्न सफल भएका थिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...