पुस २५
धनगढी–सुदूरपश्चिमको प्रसिद्ध
धार्मिकस्थल कैलालीको
गोदावरीमा आगामी माघ १ गतेदेखि
सुरु हुने ‘गोदावरी अमृत महास्नान
दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ को
तयारी अन्तिम चरणमा पुगेको छ ।
मेला मूल
आयोजक समितिका संयोजक एवम्
साहित्यकार पदमराज जोशीले
गोदावरीलाई मुख्य धार्मिक पर्यटन
गन्तव्यस्थलका रुपमा विकास गर्न मेला
आयोजना गर्न लागिएको जानकारी
दिए ।
मेलामा जगत्गुरु शङ्कराचार्य,
वैष्णवाचार्य, पीठाधीश,
मठाधीश,सन्त महन्त एवं विभिन्न
धर्मगुरुद्वारा चार वेद, अठार पुराण र
षड्शास्त्रमा आधारित विशेष प्रवचन हुने
बताइएको छ । यस्तै दैनिक योग,
पूजापाठ, तुलादान, हवन, भजनकीर्तन,
कोटी दीप प्रज्वलन, गङगा आरती,
धनधान्याञ्चल अन्नपूर्ण महायज्ञ
सहितका यज्ञ अनुष्ठान गरिने
जनाइएको छ ।
आगामी फागनु १ गतेसम्म हुने मेला भर्न
आउने सन्तमहन्तको बसोवासका लागि
झुप्राहरुको निर्माणका साथै
मेलास्थलमा खानेपानी, बाटोघाटो,
दिद्युतीकरण जस्ता पूर्वाधार जुटाउने
काम प्रायः पूरा भएको छ ।
कुम्भ मेलामा माघ १गते देखि फागुन१गते
सम्म पाँच वटा महास्नान९साही
स्नान० गरिने धार्मिक मान्यता
अनुसार गोदावरीमा हुने कुम्भ मेलामा
पनि यी महास्नान गर्न लागिएको छ
।
धनगढी देखि करिब २२ किमी उत्तर चुरे
पहाडको फेदमा रहेको गोदावरी क्षेत्र
धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण
गन्तव्यस्थल बन्न सक्ने देखिएको छ । तर
गोदावरी नदीमा पानीको स्रोत
घट्दै गएकाले केही समस्या हुने
कतिपयको भनाइ छ । गोदावरी नदी
छेउमा मठ मन्दिर, धर्मशाला, बौद्ध
गुम्बा आदि छन् ।
यस बाहेक सम्भवतः नेपालकै सबैभन्दा
अग्लो ५१ फि अग्लो हनुमानको मूर्ति
समेत यो क्षेत्रमा रहेको छ । यहाँ हरेक
वर्ष माघे सङ्क्रान्तिका दिन ठूलो
मेला लाग्ने गरेको छ ।
धनगढी—डडेलधुरा राजमार्गको छेउमै
रहेको यो क्षेत्रलाई सप्त
गोदावरीमध्येको प्राचीन गोदावरी
रुपमा लिने गरिन्छ ।
वृद्ध गौतमीका नामले समेत चिनिने यो
क्षेत्रमा श्रीकृष्णले स्नान गरेको भन्ने
स्कन्द पुराणमा उल्लेख गरिएकाले पनि
यसको धार्मिक महत्व रहेको छ । यसका
साथै गोदावरीमा राम,
भीष्मपितामह र पाण्डवले पनि स्नान
गरेको किंबदन्ती छ ।ratopati बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...