एजेन्सी– सन् २०१५ मा लन्डनमा १० हजार बढी
नर्सिङको पदपूर्ती नगरिएको बेलायतको रोयल कलेज
अफ नर्सिङ (आरसीएन)ले सार्वजनिक गरेको एउटा
नयाँ तथ्यांकमा उल्लेख छ । गत वर्ष बेलायतमा
विभिन्न अस्पतालहरुमा नर्सको निकै अभाव देखिएको
समाचार सार्वजनिक भएको थियो । लन्डनको दर्ता
गरिएका नर्सिङ पदमा १७ प्रतिशत रिक्त रहेको
थियो । सन् २०१४ र सन् २०१३ मा यो रिक्तता
क्रमशः १४ र ११ प्रतिशत रहेको थियो ।
स्वास्थ्य विभागले नर्सिङ रिक्ततासम्बन्धी यो
तथ्यांकलाई मान्यता दिनेछैन । विभागका अनुसार
लन्डनमा सन् २०१५ मा सन् २०१३ मा भन्दा १८ सय बढी
नर्सहरु रहेका थिए ।
अदूरदर्शी योजना
फ्रिडम अफ इन्फरमेसन मार्फत् संग्रह गरिएको सो नयाँ
तथ्यांकले लन्डनमा दर्ता गरिएका नर्सिङ स्टाफहरुको
संख्या निकै अभाव भएको जनाइएको छ । पछिल्लो
सार्वजनिक तथ्यांकले बिरामीहरु जोखिममा रहेको र
यसले सस्तो समाधानका उपाय जस्तैः अस्थायी
एजेन्सीका कर्मचारी वा विदेशबाट नर्सलाई
झिकाएर नियुक्त गर्नुपर्ने अवस्था आएको लन्डनस्थित
आरसीएनका प्रवक्ताले बताए ।
कार्यदलको अदूरदर्शी योजनाले यस्तो समस्या
आएको र स्वदेशमा उत्पादन गरिएका नर्सहरु
प्रणालीगत रुपमा प्रवेश नगरेको आरसीएनका निर्देशक
बर्नेल बुसेल बताउछन् । ‘त्यो भन्दा महत्वपूर्ण त अहिले
सरकारले ल्याएको पे प्रिज (कम्पनीले कामदारहरुको
तलब बृद्धि नगर्ने ) प्रणालीले नर्सहरुलाई लन्डनमा
जीविकोपार्जन गर्न र काम गर्न नै हम्मे हम्मे परेको छ ’,
उनले भने ।
नर्सहरु राजधानी लन्डनमा नै ‘सेटल’ हुन उनीहरुको तलब
बृद्धि गर्न समेत उनले सरकारसँग अनुरोध गरे । सन् २०१०
देखि बेलातमा नर्सलाई दिइने तलब मुद्रास्फिती
भन्दा १० प्रतिशत न्यून रहेको उनको भनाई छ ।
सो तथ्यंकबारे प्रतिकृया दिदै लन्डनका मेयर बोरिस
जोनसोनले बीबीसी रेडियो लन्डनलाई भने, ‘नर्स भएर
लन्डनमा बाँच्न तपाईसँग पर्याप्त रकम हुनुपर्छ । ’ उनले
थपे, ‘लन्डनमा बस्ने खर्च अपत्यारिलो ढंगले उच्च छ भन्ने
विषयलाई मैले अस्वीकार गर्दिन ।’
कन्जरभेटिभ पार्टीले ठूलो मात्रामा ‘सस्तो घरहरु ’
बनाइदिएको र आंशिक रुपमा किन्न सकिने घरहरुसमेत
भएको उनले बताए ।
एनएचएस लन्डनका प्रवक्ताले भनिन, ‘लन्डनमा नयाँ र
फर्किएका नर्सहरुलाई भर्ना गर्न नयाँ तरिकाहरुबारे
सोचिरहेका छौ भने पेसालाई निरन्तरता दिने नर्सहरु
यसअघि नै आफ्नो पदमा रहेका छन् ।’
तर, स्वास्थ्य विभागका प्रवक्ताले भने, ‘सन् २०१० को
मे महिनादेखि लन्डनबासीले ३४ सय थप नर्सहरुबाट
लाभाविान्दित भएको सरकारी तथ्यांकले देखाएको
छ । अझै पनि ५० हजार नर्सहरुले तालिम लिइरहेका छन्
र हामीले हालै विद्यार्थीलाई सहयोग गर्नुको अर्थ
सन् २०२०सम्म देशभर १० हजार बढी तालिम स्थान
रहनेछन् । ’
0 comments
प्रतिक्रिया दिनुहोस्...