-->
पेट र कम्मरको बोसो घटाउने सात सजिला तरिका
Advertisement

कम्मर र पेटतिर बोसो जम्मा हुनु समस्या निकै बढ्दो छ
। पेटमा वा कम्मरमा बोसोको मात्रो धेरै भयो भने धेरै
प्रकारका रोग निम्तिन्छन् । सुन्दरतामा पनि कमी
ल्याउँछ । पेट र कम्मरतिर लागेको बोसो घटाउने
साता सजिला आइडिया निम्नप्रकार छन् ।
१) कम्मरमा रहेको बोसो घटाउन बोसोजन्य
खानाको मात्रा बढाउनुपर्छ । तर, यसरी बढाइने
फ्याटजन्य खानामा ‘मोनोअनस्याचुरेटेड फ्याट्टी
एसिड (एमयूएफए) बाहेक अर्काे खालको फ्याट हुनु हुँदैन
। क्यालोरी र एमयूएफए उच्च भएको खाना खाने
महिलाको कम्मर एक महिनामै एकतिहाइले घटेको
एउटा अनुसन्धानका क्रममा पाइएको थियो ।
भोजनमा एमयूएफए सुनिश्चित गर्न हरेक दिन एक अँजुली
ड्राई फुडमा एक चम्चा जैतुनको तेल र अलिकति
एभोकाडो हालेर खानुपर्छ ।
२) रस युनिभर्सिटी मेडिकल सेन्टरले गरेको अध्ययनले
डिप्रेसन भएका अथवा हुन लागेका महिलाको
कम्मरमा बोसो बढी लाग्ने तथ्य पत्ता लगाएको
थियो । अप्रसन्न रहने महिलाले शारीरिक काम कम
गर्छन् र उनीहरूको भोजन पनि सामान्य अवस्थामा
जस्तो स्वास्थ्यकर र व्यवस्थित हुँदैन । जसले गर्दा
कम्मरमा बढी बोसो जम्मा हुने गर्छ । बारुले कम्मर
चाहने हो भने प्रसन्न रहनुपर्छ ।
३) नियमित व्यायाम गर्नाले मानिसको दिमागमा
एकखालको रसायन उत्पन्न हुन्छ, जसले शरीरमा रहेको
बोसोलाई अन्य ऊर्जामा रूपान्तरण गराउन मद्दत गर्छ
। कम्मर छरितो बनाउने हो भने नियमित व्यायाम
गर्नुपर्छ । ४) कार्बोहाइड्रेट बढी हुन्छ भने कोक,
फ्यान्टाजस्ता पेय पदार्थमा चिनीको मात्रा बढी
हुन्छ । चिप्स, कोल्ड ड्रिंक्स खानाले रगतमा
चिनीको मात्रा ह्वात्तै बढ्छ र सँगसँगै शरीरमा
इन्सुलिनको मात्रा पनि बढ्न पुग्छ । इन्सुलिनले
कलेजोलाई शरीरको मध्य भागमा बोसो जम्मा
गराउन मद्दत गर्छ । तसर्थ कम्मरलाई छरितो र आकर्षक
बनाउने हो भने जंकफुडको मात्रा घटाउनुपर्छ र
भोजनमा हरियो तरकारी र सलादको मात्रा
बढाउने गर्नुपर्छ ।
४) सन् २०१३ मा गरिएको एक अनुसन्धानले
म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको
रगतमा चिनी र इन्सुलिनको मात्रा कम हुने तथ्य फेला
पारेको थियो । त्यसैले दिनमा दुईपटक हरियो
सागसब्जी, केरा र सोयाबिन खाने गर्नुपर्छ । यी
खानामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।
५) पोलिअनस्याचुरेटेड फ्याट्टी एसिड (पीयूएफए)
युक्त खाना खानाले कम्मरमा बढी बोसो लाग्दैन ।
सालमन, ट्राउट अथवा अन्य खाले माछामा पीयूएफए
प्रशस्त पाइने भएकाले मांसाहारीले मासुको सट्टा
माछा खानुपर्छ । मासु नखाई नहुने छ भने स्याचुरेटेड
फ्याट प्रशस्त पाइने रातो मासुको सट्टा कुखुराको
मासु खानुपर्छ । यसो गर्नाले कम्मरमा अनावश्यक
बोसो लाग्न पाउँदैन र कम्मर छिनेको देखिँदै जान्छ ।
६) सन् २०१३ मा डेनमार्कमा गरिएको एउटा अध्ययनले
महिलाले जति बढी मदिराजन्य पदार्थ सेवन गर्छन्,
शरीरमा बोसो उति नै बढी लाग्ने तथ्य पत्ता
लगाएको थियो । त्यसैले कम्मरको अनावश्यक बोसो
हटाई आकर्षक देखिने हो भने मदिराजन्य पदार्थ सेवन
छोड्नुपर्छ अथवा कम गर्नुपर्छ ।
७) पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा
शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल
लगायतको मात्रा घट्न पुग्छ । साथै, शरीरमा रहेको
क्यालोरी पनि बढी नै नष्ट हुन्छ । पसिना निकाल्ने
सबैभन्दा उपयुक्त उपाय भनेको जगिङ हो । त्यसैले हरेक
बिहान जगिङ गर्नुपर्छ ।
स्वास्थ्य खबरपत्रिका बाट।



Advertisement
,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.