काठमाडौं, पुस २५ - सरकारले छ महिना अघि लागु गरेको लामो समयसम्म पनि फ्रि भिसा फ्रि टिकट कार्यान्वयन नभएको
प्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । एसिया मानवअधिकार तथा सांस्कृतिक मञ्चले गरेको कार्यक्रममा सहभागिले
निर्णय भएको छ महिना बितिसक्दासमेत कार्यान्वयनमा नआएको भन्दै यहि अवस्था रहे लामो समयसम्म कामदार ठगिने चिन्ता
गरेका हुन् ।
सुरक्षित वैदेशिक रोजगारको लागि काम गरिरहेका संघ सस्थाका प्रतिनिधिहरुले व्यवसायीसँग छलफल गरि पूर्ण रुपमा
कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । व्यवसायीले निर्णय नमान्दा र निर्णय नमान्ने व्यवसायीलाई कारवाहि नगर्दा
कामगर्न अप्ठेरो भएको उनिहरुले बताएका हुन् । यहि अवस्था रहे अझै दुई वर्षसम्म कामदार ठग्न म्यानपावर व्यवसायीलाई सहज हुने
उनिहरुको चिन्ता छ ।
वैदेशिक रोजगार विभागका निर्देशक जनकराज रेग्मीले सरकारले निर्णय गर्ने तर श्रोतको व्यवस्था नगर्दा कार्यान्वयनमा
चुनौति देखिएको बताउनुभयो । सरकारले गरेको निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व हुने उहाँको भनाई छ । तर वैदेशिक
रोजगार व्यवसायी सघंका महासचिव रोहन गुरुङले सरकारले गरेको यो निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै निर्णय पुनरावलोकन
हुनुपर्ने दोहोर्याउनुभयो । एकतर्फी रुपमा लाध्न खोजिएकाले यो निर्णय मान्न्न वाध्य नहुने र निर्णय नमान्ने व्यवसायीलाई
कारवाही गर्न सरकारलाई चुनौती समेत दिनुभयो । एसिया मानवअधिकार तथा सांस्कृतिक मञ्चका अध्यक्ष सिद्धिचन्द्र
बरालले वैदेशिक रोजगारीमा जाने कामदार ठगिने क्रम नरोकिएको पाइएकाले कामदारप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।
मञ्चले गरेको सर्वेक्षणमा विदेशिने आधाभन्दा बढी कामदारसँग म्यानपावर कम्पनीले तोकिएभन्दा बढी रकम लिने गरेको
देखिएिको छ । मञ्चले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक दिनमा विदेशिने कामदारको नमुना विवरण सार्वजनिक गरेको
थियो । बिहीबार विदेशिएकामध्ये ७२ जना कामदार र उनका परिवारसँग गरिएको सर्वेक्षणमा ३७ जनाले १० हजारभन्दा बढी
रकम तिरेको देखिएको छ ।
उनीहरुले ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म तिरेको फेला परेको हो । १७ जनाले १० हजार तिरेको र १८ जनाले पैसा
नतिरेको बताएका थिए । तर विदेशिने कामदारलाई म्यानपावर व्यवसायीले आफूले सिकाएको भन्न वाध्य बनाउने गरेको
पाइएको छ । व्यवसायीका कारण फ्रि भिसा फ्रि टिकटमा विदेश गए भनेअनुसारको काम र दाम नपाउने, विदेशमा दुःख पाउने
जस्ता भ्रममा कामदार परेका छन् । धेरै कामदारले चर्को शुल्क तिरेर विदेश जान लागेपनि फ्रि भिसा र फ्रि टिकटमा जान
लागेको बताउने गरेका छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...