-->
अमेरिकामा ८० करोड डलरको चिठ्ठा आज खुल्दै
Advertisement


न्यूर्योक : यतिबेला अमेरिकामा बसोबास गरिरहेका
आम जनताबीच ८० करोड अमेरिकी डलरको ‘पावर बल’
चिठ्ठा कसलाई पर्ला भन्ने चर्चा छ।
अमेरिकी इतिहासमै सबैभन्दा ठूलो रकमको चिठ्ठा
खुल्ने दिन नजिकिदै गर्दा नेपाली समुदाय बीच पनि
'पावर बल’बारेको चासो बढिरहेको छ। धेरै भन्दा धेरै
चिठ्ठा किनेर नेपालीलाई पारौं भन्दै सामाजिक
सञ्जालहरुमा अनुरोध गरिएको छ।
शनिबार राती खुल्ने यो चिठ्ठा नेपालीलाई परेमा
त्यस व्यक्तिले आफुलाई चाहिने जति रकम राखेर
बा“की रकम नेपालमा लोडसेडिङ को समस्या अन्त्य
गर्नका लागि खर्चनु पर्ने भन्दै लविङ भइरहेको छ।
प्रवासी नेपाली मञ्चका अध्यक्ष सञ्जय थापाले
नेपाली जो कसैलाई लोटरी परेमा लोडसेडिङ अन्त्य
गर्नमा नेपाल सरकारलाई सहयोग गर्न अनुरोध गरेका
छन् । थापाको अनुरोधमा धेरैले समर्थन जनाएका छन्।
जताततै चिठ्ठाको चर्चा सुनेपछि आफुले पनि चिठ्ठा
खरिद गरेको बताउ“छिन् न्युर्योकको इष्ट एल्मष्टमा
बसोबास गर्दै आएकी मीना खड्का । ‘लोटरी जिते
भने नेपालको दुर्गम जिल्लाका लागि स्वास्थ्य र
शिक्षा क्षेत्रमा सहयोग गर्छु । उपचार नपाएर कोही
नेपाली मर्नु नपरोस र बालबालिकाले शिक्षा बाट
बञ्चित हुनु नपरोस भन्ने उदेश्य छ’ सात वर्षदेखि
अमेरिकामा बसोबास गर्दै आएकी २७ वर्षे खड्काले
भनिन् ‘यस्ता चिठ्ठामा बेलाबेला सानोतिनो रकम
नेपालीहरुले पनि जित्दै आएका छन् । जो सुकैलाई भए
पनि यो रकम नेपालीलाई नै परोस् ।’
हालसम्मकै ठूलो रकमको चिठ्ठा भएकाले ‘पावर बल’
किन्नेको संख्या बढेको अष्ट्रोरिया ब्लुवर्डका
लोटरी व्यापारी अली मोजेवले बताए । उनका
अनुसार गत बुधबार पा“च सय मिलियन ५० करोड
डलरको चिठ्ठा कसैले जित्न नसकेपछि रकम बढेर ७०
करोड डलर पुगेको थियो । शुक्रबार बिहान भने ८०
करोड पुगेको हो ।
शुक्रबार दिनभर नेपालीहरु माझ चिठ्ठाकै चर्चा
चल्यो । नेपालीहरुको बाक्लो बस्ती रहेको ज्याक्सन
हाइटमा चिया गफदेखि आफन्तहरुमाझ फोनमार्फत
पनि चिठ्ठाकै चर्चा भएको ज्याक्सन हाइटमा बस्दै
आएका मदन घोरासैनी बताउ“छन् ।
अमेरिकाका बिभिन्न राज्यहरुमा सरकारले सञ्चालन
गर्ने पावर बल र मेगामिलियन चिठ्ठा केन्द्र सरकार
मातहतको निकाय लोटरी कमिसनले गर्छ । यस्ता
चिठ्ठा सातामा दुई पटक खुल्ने भए पनि कसैलाई
नपरेपछि पुरस्कारको रकम बढ्दै जान्छ ।
अमेरिकाको ५० राज्यमध्ये ४४ राज्यमा पावर बल
चिठ्ठा सञ्चालनमा छ । यस अघि यो चिठ्ठाको सबै
भन्दा ठूलो रकम सन् २०१३ को मे १८ मा फ्लोरिडा
राज्यका ८४ वर्षीया बृद्ध ग्लोरिया मेकेन्जीले ३८
करोड ८ लाख डलर जितेका थिए ।
शनिबार खुल्ने ८० करोड डलरको पावर बल चिठ्ठाको
ज्याकपट एकै व्यक्तिलाई परेको खण्डमा त्यसमा लाग्ने
कर कटाएर अनुमानित ५० करोड डलर हातमा पर्नेछ ।
अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुलाई पनि
बेलाबेलामा यस्ता लोटरी पर्ने गरेको छ ।
सन् २०१४ मा १९ लाख ६२ हजार डलरको मेगामिलियन
लोटरी सानफ्रान्सिस्कोमा बस्दै आएका महेन्द्र
केसीले जितेका थिए । यसै गरी गत वर्ष टेक्सास
राज्यमा व्यवसाय गर्दै आएका चन्द्र शिवाकोटीले दश
लाख अमेरिकी डलर जितेका थिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.