-->
‘इस्लामको नाममा गोली’ भन्दै प्रहरीमाथि आक्रमण
Advertisement

काठमाडौं, पुस २५ । अमेरिकाको
फिलाडेल्फिया सहरमा ‘इस्लामिक स्टेट
(आइएस)का समर्थक’ले प्रहार गरेको गोली
लागी एक सुरक्षाकर्मी घाइते भएका छन् ।
रोकिराखेको कारभित्र रहेका
सुरक्षाकर्मीमाथि आइएसका समर्थक ३०
वर्षीय एडवडए आर्चरले गोली प्रहार गरेका हुन्

उनले गोली प्रहार गर्नुअघि ‘इस्लामको
नाममा गोली हानेको’ भन्दै
चिच्याएको अमेरिकी अधिकारीहरुले
जनाएका छन् । गोली हान्ने व्यक्तिलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले प्रयोग गरेको पेस्तोल सन् २०१३ मा
सुरक्षाकर्मीको घरबाट चोरिएको पुष्टि
भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ

शरीरका विभिन्न भागमा तीनओटा गोली
लागी घाइते भएका सुरक्षाकर्मीको उपचार
भइरहेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.