२५ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी
मोर्चाले सीमा नाकामा धर्नासहितका
आन्दोलनलाई यथावत राख्दै नयाँ कार्यक्रम घोषणा
गरेको छ ।
तीन दिनसम्म चलेको मोर्चाको बैठकले सरकार
वार्ताप्रति गम्भीर नभएको आरोप लगाएको छ ।
औपचारिक र अनौपचारिक गरी २५ पटकभन्दा बढी
वार्ता भएको भन्दै मोर्चाले भनेको छ-‘वार्ता र
सम्वादबाट मधेसी, आदिवासी जनजाति, थारु,
मुस्लिम लगायतका सीमान्तकृत समुदायको
मुद्धाहरुको सम्बोधन प्रति प्रष्ट दृष्टिकोणको
अभावले वार्ता परिणाममुखी हुन नसकेको हाम्रो ठहर
छ ।’
राज्य संचालकहरुको नश्लवाली चिन्तन र एकल
जातीयतामा आधारित अन्धराष्ट्रवादी
मानसिकतामा कुनै परिर्वतन नभएको र सरकारको
नेतृत्वमा रहेकाहरुले मधेसी लगाष्गतका सीमान्तकृत
जनताप्रति अपमानजनक अभिव्यक्ति दिने क्रम समेत
नरोकिएको मधेसी मोर्चाले बताएको छ ।
मधेसी मोर्चाले संसदमा रहेका संविधान संशोधन
विधेयक परिर्माजन विना पारित भए आफूहरुले
उठाएको मुद्दा सम्बोधन नहुने र आफूलाई मान्य नहुने
बताएको छ ।
मधेसी मोर्चाले जारी आन्दोलनलाई अझ
प्रभावकारी र सशक्त रुपमा अघि बढाउने भन्दै नयाँ
कार्यक्रम समेत सार्वजनिक गरेको छ । उसले पुस २८ देखि
माघ ७ गतेसम्मको आन्दोलनको कार्यक्रम बनाएको छ
।
जस अनुसार २८ गते जिल्ला सदरमुकाममा जुलुस प्रदर्शन,
३० गते आन्दोलनमा ज्यान गुमाएकाहरुको फोटो
प्रदर्शन गर्ने, माघ २ गते लाठी जुलुस प्रदर्शन, ४ गते
मसाल जुलुस प्रदर्शन, ५ गते बदिदान दिवस मनाउने र ७
गते गाउँ नगरसम्म विरोध सभा गर्ने कार्यक्रम छ ।
मधेसी मोर्चाले नयाँ कार्यक्रमसँगै जारी अन्य
कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...