-->
संविधान संसोधन मार्फत मधेशको समस्या हल : प्रचण्ड
Advertisement


२५ पुस । |
दाङ-एकीकृत माओवादीका अध्यक्ष
प्रचण्डले व्यवस्थापिका संसदमा
संशोधन प्रस्ताव पेस भएकोले सो मार्फत
मधेशका समस्या हल हुनेमा आफू विश्वस्त
रहेको बताएका छन् । प्रदेश नं. ५ को
बैठक तथा प्रशिक्षणका क्रममा
दाङको तुल्सीपुर पुगेका प्रचण्डले
विमानस्थलमा उद्योग वाणिज्य संघ,
तुल्सीपुरको स्वागत कार्यक्रममा
यस्तो बताएका हुन् ।
कार्यक्रममा प्रचण्डले तुल्सीपुरको
बिमानस्थलको स्तरोन्नतिको लागि
पार्टीको तर्फबाट सरकारमा
ध्यानाकर्षण गराउने र सक्दो सहयोग
गर्ने बताए । ‘‘बिमानस्थलको इन्धन
डिपोको निम्ति आवश्यक पर्ने जग्गा
उपलब्ध गराउने कार्यमा पार्टीको
सहयोग हुन्छ ।’ उनले भने ।
कार्यक्रममा उद्योग वाणिज्य संघ
तुल्सीपुरका अध्यक्ष विमल रिजालले ५
बुँदे ज्ञापनपत्र पेस गरे ।ratopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.