उदयपुर, २४ पुस । युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेलले आन्दोलनका नाममा
जनतालाई आघात पुग्ने गरी वन्द गरिएका तराई क्षेत्रका सरकारी कार्यालयहरु
तत्काल सुचारु नगरे युवा संघले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
तराई मधेस विशेष जागरण तथा संवाद कार्यक्रम अन्र्तगत शुक्रबार सगरमाथा अञ्चल
स्तरीय वृहत भेलाको गाईघाटमा उदघाटन गर्दै पौड्ेलले सरकारी कार्यालय
तत्काल सुचारु नगरे युवा संघले कब्जा गरेर खोल्ने चेतावनी दिए ।
‘सिमित आन्दोलनलाई सघाउ पुग्ने गरी गरिएका कार्यालय वन्द युवा संघलाई
किमार्थ स्वीकार्य छैन,’ उनले भने, ‘कार्यालय खोल्नुुस जति सुरक्षा दिनु पर्ने हो
त्यति युवा संघका कार्यकर्ताले दिन्छन् ।’ पौडेलले कार्यालय बन्दले जनताहरु
आजित बन्दै गएको, जनताका कामकारवाही अस्तव्यस्त बनिरहेको अबश्थामा
युवा संघ चुप लागेर बस्न नसक्ने चेतावनी दिए ।
‘बन्दहडतालले जनता आँशु झारिरहेको बेलामा हामी टुलुटुली हरिरहन सक्दैनौ,’
उनले भने, ‘जनताको दुखसुखमा साथ दिनपनि संघले मधेसका ठेकेदारसँग प्रतिवाद गर्न
जरुर रहेको छ ।’ नेता पौडेलले तराई मधेसमा विशेष आर्थिक प्याकेज घोषणा गरी
गतिबिधि अगाडी बढाउन सरकारलाई आग्रह गरे ।
त्यसैगरी युवा संघका स्थायी कमिटी सदस्य तथा प्रवक्ता प्रभातविक्रम
कटुवालले तराईमा जारी आन्दोलन समग्र मधेसको नभई व्यक्तिगत लालचमा
लागेको सिमित मधेसका ठेकेदारहरुको भएको बताए । उनले समस्याको समाधान
गरी संबिधान कार्यान्वयन गर्ने समयमा मधेसका ठेकेदारहरुले जनतालाई भ्रम सृजना
गरेको आरोप लगाए ।
नेता कटुवालले नयाँ संबिधानका अन्तरवस्तुका सवालमा तराईबासीहरुमा
अन्यौलता रहेकाले संबिधानले समेटेका सवाललाई लिएर युवा संघले मधेस केन्द्रित
कार्यक्रम आयोजना गरेको जानकारी दिए । उनले संबिधान निर्माणपछि मधेस
जानु पर्ने समयमा नगर नेताहरुले ठुलो भुल गरेको बताए ।
कार्यक्रममा एमाले वैकल्पिक पोलिटव्युरो सदस्य जगन्नाथ खतिवडा, केन्द्रिय
सदस्य यज्ञराज सुनवार, युवा संघका सचिवालय सदस्य निरन्जन झा, रविन्द्र साह,
केन्द्रिय सदस्य सुनिता चौधरी लगायतका नेताहरुले बोलेका थिए । भेलाले
सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा माघ २१ गते भित्र वृहत सभा गर्ने निर्णय
गरेको प्रभक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...