-->
मधेसी मोर्चामा आर्थिक संकट, सरकारसामू ४५ लाखको विल पेश
Advertisement


२४ पुस, काठमाडौं । तराई मधेसमा आन्दोलनरत संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा आन्दोलनका
क्रममा उपचार खर्चमा मात्र झण्डै ६८ लाख खर्च भएको
हिसाव पेश भएको छ ।
तमलोपाको पार्टी कार्यालयमा बसेको बैठकमा
स्वास्थ्य उपचार समितिले रिपोर्टिङ गरेको थियो ।
बी एण्ड बी र सुस्मा मेमोरियलमा उपचाररत दुई
जनाको अपरेशनका लागि भोलि नै २ लाख रुपैयाँ
चाहिने समितिले बताएको छ ।
बैठकमा मोर्चामा आवद्ध चार वटै दलले ५०-५० हजार
जम्मा गर्ने सहमति भएको एक नेताले जानकारी दिए ।
तर, मधेसी मोर्चामा आर्थिक संकट देखिएको छ । एक
सदस्यलले भने-‘औषधी पलसहरुमा २/३ लाखसम्म बाँकी
भइसक्यो । अहिले पनि पैसा चाहिएको छ । कसरी
जम्मा गर्ने भन्ने जस्तो भइसक्यो ।’
सद्भावना पार्टीका महासचिव मनिष सुमनका
अनुसार काठमाडौंमा मात्र उपचारमा झण्डै ६८ लाख
खर्च भएको विवरण पेश भएको छ । जस मध्ये धेरे पैसा अझै
दिन बाँकी रहेको छ ।
सरकारले उपचार खर्च व्यहोर्ने भनेपछि मधेसी मोर्चाले
झण्डै ४५ लाखको विल पेश गरेको छ । तर, अहिलेसम्म
पैसा पाएको छैन । ‘२/३ लाख मात्र सरकारले दिएको
छ’ तमलोपा नेता हृदयेश त्रिपाठीले भने-‘मोर्चाको
चार दलले झण्डै १६/१७ लाख जम्मा गरेर खर्च गरेका छन् ।’
मधेसी मोर्चाले आर्थिक संकलन गर्न समिति समेत
बनाएको थियो । तर, सरकारले वार्ताका क्रममा
घाइतेको उपचार गर्ने निर्णय गरेपछि पैसा जम्मा हुन
छाडेको त्रिपाठीले बताए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.