पुस २५ – युरोपियन फुटबल एशोसिएशन युइएफएले वर्ष
२०१५ को वर्ष फुटबल टिम घोषणा गरेको छ । टिममा
इंग्लिस प्रिमियर लिगमा खेल्ने कुनै पनि खेलाडी
परेका छैनन् । युइएफए वर्ष फुटबल टिम २०१५ मा ला
लिगा क्लब बार्सिलोनाका सबै भन्दा धेरै पाँच
खेलाडी परेका छन् । यस्तै रियल मड्रिडका तीन
खेलाडी टिममा परेका छन् । बार्सिलोनाका
लियोनल मेस्सी, नेइमार, डानी एल्भेस, आन्द्रे
इनिएस्टा र जेराड पिके तथा रियल मड्रिडका
क्रिष्टियानो रोनाल्डो, जेम्स रोड्रिग्वेज र
सर्जियो रामोस टिममा छन् । यस्तै बुन्डेस लिगा
क्लब बार्यन म्युनिखका म्यानुएल नुएर तथा डेभिड
अलाबा र इटालिन सिरी ए क्लब युभेन्टसका पाउल
पोग्बा वर्ष टिममा परेका छन् । युइएफएले आफ्नो
वेबसाइट प्रयोगकर्ताको मतको आधारमा वर्ष टिम
घोषणा गरेको हो । टिममा परेका मध्ये
बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीले सबै
भन्दा धेरै ७० प्रतिशत मत पाएका छन् । रियल
मड्रिडका रोनाल्डोले जम्मा ४१ प्रतिशत मत पाएको
युइएफएले जनाएको छ । बार्यन म्युनिखका अलाबाले
६८, बार्सिलोनाका इनिएस्टाले ६३, बार्यन
म्युनिखका ५९, युभेन्टसका पोग्बाले ५६, रियल
मड्रिडका रामोसले ५२, बार्सिलोनाका अल्भेसले ४५,
बार्सिलोनाकै नेइमारले ४४, रिय मड्रिडका
रोड्रिग्वेजले ४१ र बार्सिलोनाका पिकेले ४०
प्रतिशत मत पाएका छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...