२४ पुस, काठमाडौं । पूर्वयुवराज पारस शाहको
नक्कली सहिछाप प्रयोग गरी ठगी गर्ने भक्तपुरका एक
व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरको
दुवाकोट गाविस-४ का ३५ वर्षीय सुशील
न्यौपानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले
पक्राउ गरेको हो ।
न्यौपानेले पूर्व युवराज पारसको सहिछाप र
तत्कालीन यूवराजको कार्यालयको छाप किर्ते गरी
तयार गरेको किर्ते पत्रमा जाहेरवाला सुधिर कुमार
रेग्मीलाई धम्क्याई १५ लाख रुपैयाँ नेपाल ईन्भेष्टमेन्ट
बैंकको खातामा जबर्जस्ती जम्मा गर्न लगाएको
प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले न्यौपानेलाई
यही शुक्रबार दुवाकोट भक्तपुरबाट पक्राउ गरी
अदालतमा पेश गरेको थियो ।
काठमाडौं जिल्ला अदालतको आदेशले उनलाई
केन्द्रीय कारागार कार्यालय काठमाडौं पठाइएको
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।onlinekhabar बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...