एजेन्सी : भारतको तीब्र विरोधका बाबजुत चीनले
भारतीय कश्मिरसँगैको पाकिस्तान नियन्त्रित
कश्मीरस्थित झेलुम नदीमा ठूलो बाँध बनाउने घोषणा गरेको
छ । भारतको शिरका रुपमा परिचित कश्मीरमा चीनको
सरकारी कम्पनीले यो बाँध बनाउने घोषणा गरेको हो ।
यो घोषणापछि भारतको कडा विरोधका बावजूद चीन
पाकिस्तान नियन्त्रित कश्मीरमा ठूलो परियोजनामा
सक्रिय रहेको पाइएको छ । चीनको सबैभन्दा ठूलो सरकारी
हाइड्रोपावर कम्पनीमध्ये एक सिटिजिसीले झेलुम नदीमा
बाँध बनाउने परियोजनामा सम्झौता गरेको हो ।
सिटिजिसीले ने चीनमा विश्वकै ठूलो बाँध बनाएको छ ।
अब यसै कम्पनीले पाकिस्तान नियन्त्रित कश्मीरमा
कोहाला हाइड्रोपावर प्रोजेक्ट बनाउने कामका लागि
सम्झौता गरेको छ ।
कम्पनीले यो सूचना आफ्नो वेबसाइटमा दिएको छ । झेलुम
नदीमा यो बाँध बनाइएपछि एउटै परियोजनाबाट ११ सय
मेगावट बिजुली उत्पादन हुनेछ । यो परियोजनाको लागत २ अर्ब ४ करोड अमेरिकी डल रहेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार चीनले यसका लागि ३० वर्षको सम्झौता गरेको छ । भारतले यो बाँध बनाउने चिनियाँ चासोमा
पहिलेबाटै आपत्ति जनाउँदै आएको छ ।
तर चीनले आफ्नो यो परियोजनालाई शुद्ध व्यावसायिक गतिविधि बताएको छ । चीनले यो परियोजनमा हस्ताक्षर गर्दा कश्मीर
मुद्दामा कुनै पूर्वाग्रह नराखेको जनाएको छ । साथै भारत र पाकिस्तानबीचको कुनै विवादबारे चीनले चासो पनि दिएको छैन ।
कोहाला बाँध न्यू चाइना पाकिस्तान इकोनोमिक कोरिडोरको अहम परियोजना हो । यो त्यही कोरिडोर हो जुन चीनको
जिनजियाङ्ग इलाकामा काशगरलाई पाकिस्तान नियन्त्रित कश्मीर हुँदै पाकिस्तानको ग्वादर बन्दरगाहसँग जोडिन्छ । पाकिस्तानको
ग्वादर बन्दरगाह पनि चीनले नै बनाइदिएको हो । यो बन्दरगाह पनि चीनले नै व्यवस्थापन गर्दै आएको छ । यो कोरिडोर चीनका लागि
रणनीतिक र व्यावसायिक प्रयोजनका लागि धेरै महत्वपूर्ण रहेको छ । साभार : अन्नपूर्ण पाेष्टबाट
0 comments
प्रतिक्रिया दिनुहोस्...