काठमाडौं, पुस २५ । रुसको बेलगोरोडस्थित अस्पतालमा चिकित्सकले आक्रोशमा हिर्काएको बिरामीको मृत्युु भएको सीसीटीभी फुटेज ‘भायरल’ बनेपछि जनआक्रोश तीव्र भएको छ ।
गत डिसेम्बरको २९ तारिखमा उक्त बिरामीले नर्सलाई लात्ताले हानेको झोंकमा चिकित्सकले उनको टाउको हानेका थिए । लगत्तै बिरामी ढलेका थिए भने पछि उनको मृत्यु भएको थियो । बिरामीले नर्सलाई पिट्नुको कारण भने खुल्न आएको छैन ।
अनुसन्धानकर्ताहरुले यसलाई आपराधिक मुद्दाकोरुपमा जाँच सुरु गरेको बताएका छन् ।
बिरामी ५६ वर्षीय येभ्गेनिय बाख्तिन रहेको खुल्न आएको छ । (एजेन्सी)
0 comments
प्रतिक्रिया दिनुहोस्...