-->
संविधान संशोधनमार्फत् समाधान खोज्नोस् : रक्षामन्त्री
Advertisement


काठमाडौं, पुस २५ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले तत्काल आपूर्ति सहज गर्दै संविधान संशोधनमार्फत् समाधान खोज्न सबैलाई आग्रह गरेका छन् ।

शनिबार राजधानीमा आयोजित फास्ट फुड एसोसिएसन नेपालको पाँचौ अधिवेशनमा बोल्दै उनले लामो समयदेखि संकट झेलिरहेका नेपाली जनाताको राहतमा केन्द्रित हुन आग्रह गरे ।

देशले लामो समयदेखि द्वन्द्व झेल्दै आएको भन्दै उनले अब जनतालाई दुखः दिने काम गर्न नहुने बताए ।

मन्त्री रावलले संविधानमा भएका असन्तुष्टि संशोधनमार्फत् एकताबद्ध भएर समाधान खोज्न सुझाव दिए ।

उनले पेशा–व्यवसायमा मौलाएको गुन्डागर्दी कम गर्न आफूले सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.