-->
मधेसमा प्रदेश मागेर देशलाई सिक्किमीकरण गर्ने प्रयास : केसी
Advertisement


२४ पुस |
धनगढी – उपप्रधानमन्त्री एवं राष्ट्रिय
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले
भारतले गरेको नाकाबन्दीको घुर्कीले
नेपाली जनता नडराउने बताएका छन् ।
राष्ट्रिय जनमोर्चा कैलालीको तेस्रो
जिल्ला अधिबेशनको आज उद्घाटन गर्दै
केसीले राष्ट्रिय अखण्डता,
राष्ट्रियता, सार्वभौमिकता र
अस्मितामाथि सौदाबाजी गरेर
नेपाली जनता कसैको घुर्कीदेखि नझुक्ने
बताए ।
अहिलेको सरकार कसैको दबाबमा नभई
आफ्नै बलबुताले बनेको भएकाले राष्ट्रिय
जनमोर्चा सो सरकारमा सामेल भएको
बताउँदै अध्यक्ष केसीले संविधानको सफल
कार्यान्यन अहिलेको आवश्यकता भएको
बताए ।
उनले संविधानको सफल कार्यान्वयन
भएपछि मात्र देशको अर्थतन्त्र बलियो
भएर जाने बताए । संविधान संशोधनका
नाममा अहिले विदेशीको स्वार्थ लाद्न
खोजिएको भन्दै उनले त्यो स्वार्थपूर्ति
हुन नदिन सबै राष्ट्रबादी शक्तिहरु
चनाखो हुनुपर्ने बेला आएको बताए ।
सदियौदेखि हिमाल पहाड र तराइका
जनता मिलेर बसेको स्मरण गर्दै उनले
संघीयतामा नाममा टुक्रयाउन नहुने
जिकिर गरे । उनले भने संघीयताका
नाममा तराईलाई एक वा दुई प्रदेश
बनाउनु पर्छ भन्ने मानसकिताले
कालान्तरमा गएर यसलाई
सिक्किमिकरण गर्न खोजेको दाबी गरे ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.