-->
माओवादी नसच्चिए मुलुक दुर्घटनामा फस्छ : मन्त्री गजुरेल
Advertisement

सल्यान, पुस २४ - एकिकृत नेकपा माओवादीका कोषाध्यक्ष तथा कृषि विकास मन्त्री हरिवोल गजुरेलले एमाओवादी नसच्चिएमा
मुलुक दुर्घटनामा फस्ने बताउनुभएको छ ।
गजुरेलले एकिकृत नेकपा माओवादीले चाहेको संविधानसभाबाट संविधान बनेको बेला माओवादी विकृत भएकाले चाँडै माओवादी
सच्चीनुपर्ने बताउनुभयो । क्रान्ती सफल हुने बेलामा टुक्रिएर नहुने भन्दै गजुरेलले एक भएर मुलुकका लागी लाग्नुपर्ने बताउनुभयो ।
गजुरेलले मधेसमा जारी आन्दोलन चाँडै अन्त्य हुने दावी समेत गर्नुभयो ।
तीन राजनीतिक दल र मोर्चासँगको वार्ता सकारात्मक भइरहेकाले देशले चाँडै निकास पाउने उहाँले बताउनु भएको हो ।
कुटनीतिक रुपमा भारतसँग पनि नाकाबन्दी हटाउन विषयमा छलफल भइरहेको उहाँको दावी छ ।
२००७ सालदेखि अहिलेसम्म पटक पटक संविधान बदलिए पनि दलहरुको व्यवहार तथा आचारण नबदलिएका कारण देशले निकास पाउन
नसकेको उहाँको धारणा रहेको छ । सविधानले मौलिक हकको प्रत्याभुत गरेपनि आचारणमा परिवर्तन नआउँदा देश विकास हुन
नसकेको बताउनुभयो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.