काठमाण्डौं २४ माघ । नक्कली शैक्षिक प्रमाणपत्रका
आधारमा चिकित्साशास्त्र अध्ययन गरी डाक्टर बनेर
सरकारी अस्पतालसँगै निजीमा समेत बिरामीको स्वास्थ्य
परीक्षण गर्दै आएका १२ जना चिकित्सकलाई प्रहरीले
पक्राउ गरेको छ ।
चिकित्सक दर्ता परीक्षामा उत्तीर्ण नभई सर्वसाधारणको
उपचार गराइरहेका उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरोले
नियन्त्रणमा लिएको हो ।
ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्चमाध्यमिक शिक्षा
परिषद्ले संयुक्त रुपमा सञ्चालन गरेको अप्रेसन क्वाक अन्तर्गत
झापा, मोरङ, सप्तरी, धनुाषा, महोत्तरी, सिरहा र
कपिलवस्तुमा कार्यरत चिकित्सकहरुको प्रमाणपत्र छानबिन
गरेको थियो ।
दुई महिनादेखि सञ्चालित अप्रेसनमा १७ जनाको एसएलसी
र प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आशंका गरिए पनि १२ जनाको पुष्टि भएको पाइएको छ । आजको अन्नपूर्ण पोस्ट
दैनिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...