-->
छिमेकीलाई फसाउन बलात्कार नाटक
Advertisement


काठमाडौं । छिमेकीलाई फसाउन झूटो उजुरी
हाल्ने दम्पती आफैँ फन्दामा परेको छ । रौतहट
विश्रामपुर गाविसका डमरी महरा र उनकी
पत्नीलाई प्रहरीले पक्राउ गरेको छ ।
माघ १८ गते राति १ बजे विश्रमपुरमा पाँच जनाको
नकाबधारी समूहले पति र छोरालाई बाँधी ४५
वर्षीय दलित महिलालाई बलात्कार गरेको खबर
प्रहरीमा पुग्यो ।
तत्कालनै घटना स्थल पुगेको प्रहरीलाई उनले
आफूलाई घर नजिकैको परालको कन्युमा लगेको, एक
जनाले बलात्कार गरेको र प्रहरी टोली आएपछि
सबै जना भागेको बयान दिएको आजको नागरिक
दैनिकमा समाचार छ ।
त्यसपछि अनुसन्धान थालेको प्रहरीमा उनीहरुले
छिमेकी पाँच जनाको नाम किटानी गरे ।
प्रहरीले अनुसन्धान केलाउदै जाँदा प्रहरीले
अनुसन्धानमा नसोचेको मोड फेला पार्यो ।
अनुसन्धान केलाउदै जाँदा आफूहरुलाई चोरी
काण्डमा मुछ्ने छिमेकीलाई फसाउन पीडित
भनिएकाले नै बलात्कारको झूटो कथा रचेका तथ्य
बाहिर आयो । News24Nepal.com बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.