२४ माघ, सिलोङ्ग । १२औं दक्षिण एसियाली खेलकुद
(साग) मा नेपालले थप दुइ काश्य पदक जितेको छ ।
आज भएको स्पर्धामा नेपाली खेलाडीले कुस्ती र
स्विमिङ्गमा एक/एक काश्य पदक जितेका हुन् ।
कुस्तीतर्फ रामबाबु यादवले ६१ केजी फ्रीस्टाईलमा
नेपाललाई काश्य पदक दिलाए ।
उनी पाकिस्तानका अब्दुल वाहाईसँग पराजित
भएका थिए । रामबाबुले पहिलो खेलमा वाइ पाएका
थिए । उनीसँगै अफगानी मोहम्मद अलीले कांस्य
जित्दा भारतका प्रदीपले स्वर्ण र अब्दुलले रजत
जितेका थिए ।
नेपालले यसअघि हिजो पनि कुस्तीमा एक काश्य पदक
जितेको थियो ।
आजै भएको स्विमिङ्ग स्पर्धामा नेपालकी गौरीका
सिंहले काश्य पदक जित्न सफल भईन । दुई मिटर
व्याकस्ट्रोकमा उनले काश्य पदक जितेकी हुन् । उनले
निर्धारित दुरी २ मिनेट २६.९३ सेकेण्डमा पुरा गरेकी
हुन् ।
यो सँगै नेपालको पदक संख्या ८ पुगेको छ । नेपालले
सागको दोस्रो दिन हिजो तीन र तेस्रो दिन आज
पाँच पटक हासिल गरेको हो । जसमा तीन रजत र पाँच
काश्य सामेल छन् ।
नेपालले जारी सागमा अहिलेसम्म स्वर्ण पदक जिन्त
सकेको छैन ।
अनलाइनखबरबाट

0 comments
प्रतिक्रिया दिनुहोस्...