-->
सुनकोसी आयोजनाबाट विद्युत् उत्पादन सुरु
Advertisement

चौतारा, २४ माघ । जुरे पहिरो र गोरखा
भूकम्पबाट तहसनहस भएको २ दशमलब ६ मेगावाटको
सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत्
आयोजनाबाट डेढ वर्षपछि विद्युत् उत्पादन सुरु
भएको छ ।
नदीमा पानीको बहाब कम भएपछि हाल १ दशमलब
१ देखि १ दशमलब २ मेगावाट क्षमतामा उत्पादन भई
केन्द्रीय प्रसारण लाइनमा जोडिएको प्रबन्ध
निर्देशक डा सुवर्णदास श्रेष्ठले जानकारी दिनुभयो

विसं २०७१ साउन १७ गते गएको जुरे पहिरोले
सुनकोसी थुनिएपछि ३७ दिनसम्म विद्युत् गृह पूरै
डुबेको सो आयोजनाको सबै भौतिक संरचना क्षति
भएको थियो ।
त्यसैगरी २०७२ वैशाख १२ गते गएको विनाशकारी
भूकम्प र त्यसपछिको परकम्पबाट त्यति नै क्षति पु
¥याई विद्युत् गृह पूरै निर्माण गरी सबै पाइप
फेर्नुपर्दा रु २८ करोड क्षति ब्यहोर्नुपरेको थियो ।
सो आयोजनाले भारतीय नाकाबन्दीका कारण
इन्धनको चरम सङ्कट भोग्नसमेत बाध्य भएको थियो
। सो आयोजनालाई राज्यले विशेष सहयोग
गरिदिए राहत पुग्ने डा श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी डा श्रेष्ठकै लगानीमा इलाम जिल्लामा
निर्माण भएको ७ मेगावाटको माई क्यास्केट
जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन
भइरहेको जानकारी दिनुभयो । दैनिक नेपाल डट कमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.